सरकारले नेपाली फुटबल टोलीलाई पुरस्कृत गर्ने

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारले साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली फुटबल टोलीलाई पुरस्कृत गर्ने भएको छ ।
साफ च्याम्पियनसिपमा उपविजेता बनेर फर्किएको टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ र प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली फुटबल टोलीको सुधारिएको प्रदर्शनलाई ध्यानमा राख्दै खेलाडी र प्रशिक्षकलाई नगद सहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।
साफमा उपविजेता बनेको नेपाली फुटबल खेलाडीहरूलाई प्रतिखेलाडी ५ लाख र प्रशिक्षकहरूलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *