स्याङ्जाका प्रकाश पराजुलीको जाेडी दाेहाेरी च्याम्पियन बनेकाे छ ।
नेपाल टेलिभिजनबाट प्रशारण भएकाे रियालिटी साे अन्तर्गत ‘दोहोरी च्याम्पियन’ पाेखराकाे लेकसाइडबाट प्रत्यक्ष प्रशारण गरिएकाे थियाे । प्रकाशकाे जाेडीकाे प्रस्तुतिलाई मन पराएर देशभरीबाट भाेटिङ गरिएकाे थियाे ।
दर्शकको भोटको आधारमा पराजुली र मिना बुढाथोकी दोहोरी च्याम्पियन छानिएका हुन् । दाेहाेरी च्याम्पियन बन्नेले उपाधि सहित २० लाख रुपैयाँ र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेका छन् ।
यस्तै, दोस्रो हुने समूहले १० लाख रुपैयाँसँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेका छन् । बिजेता बनेका गायक पराजुलीकाे घर स्याङ्जाकाे वालिङमा हाे ।
Post Views: 29