गण्डकी विश्वविद्यालयमा पढ्दै दुई राष्ट्रिय खेलाडी

Share this post :

Facebook
Twitter
WhatsApp

क्रिकेटको राष्ट्रिय खेलाडी हुन्, डली भट्ट । उमेर १९ । महेन्द्रनगरको कञ्चनपुरमा जन्मिएर सन् २०१५ बाट क्रिकेट खेल्न सुरु गरेकी भट्टले तीन बर्षअघि क्रिकेटको राष्ट्रिय खेलमा डेव्यु गरेकी थिइन् ।

राष्ट्रिय खेलमा डेव्यु गरेपछि उनले थाइल्याण्डमा गेम खेल्ने अवसर पाइन् । विदेशमा गेम खेल्ने अवसर पाएकी भट्टले खेलमै भविष्य देख्न थालिन् । उनले यसैबर्ष प्लसटु पास गरिन् ।

गण्डकी विश्वविद्यालयले नेपालमै पहिलोपटक खेलकुद विषयमा पढाई सुरु गरेपछि पढ्नको लागि सहभागी भएकी क्रिकेट खेलाडी डली भट्ट । तस्बिर प्रतिपत्र ।

खेलकुद विषयमा नेपालमा पढाई नभएपछि भट्ट उच्च शिक्षाको लागि विदेश जाने तयारीमा थिइन् । ‘स्वेदशको माया भनौ या म लक्की आफ्नै भुमिमा पढ्ने अवसर पाए’ उनी भन्छिन, ‘मेरो लागि मात्र होइन सवै खेलाडीको लागि यो ठूलो अवसर हो । गेम खेलेर मात्र केही हुदैन पढाई पनि त्यतिकै महत्वपूर्ण छ । गेमसंगै पढाई पनि आवश्यक ठानेर पढ्न थालेकी छु ।’

उनी पढ्नकै लागि कञ्चनपुरबाट पोखरा आएकी हुन् । उनले पढेपछि पनि गेमका धेरै कुरा सिक्न पाइने बताइन् । खेलकुद विषयमा पढाई सुरु हुदै भनेर गण्डकी विश्वविद्यालयले विज्ञापन खुलाएको थियो । नेटमा राखिएको सोही विज्ञापनको आधारमा पढ्ने मौका पाएको भट्ट बताउछिन् ।
‘सायद म नै पहिलो विद्यार्थी होला बारम्बार सरलाई फोन गर्ने र पढाई कहाँ ? कहिलेबाट सुरु हुन्छ भनेर सोध्ने’ हस्यौली पारामा उनी भन्छिन, ‘स्र्पोट म्यानेजमेन्ट भनेको वोल्ड सव्जेट हो । नेपालमा नै पढाई हुन्छ भन्ने भएपछि घरमा सल्लाह गरेर आएकी हुँ । विदेशमा हुने खर्चको तुलनामा नेपालमा धेरै सस्तो छ ।’ उनले नेपालमा खेलकुद विषयको पढाई नहुदाँ खेलाडी पढ्ने अवसरबाट बन्चित हुने बताइन् ।

उनका अनुसार कर्यौ खेलाडी प्लसटु पास गरेका छैनन् । उनले राष्ट्रिय गेम हुदाँ नियमित कक्षा लिन भने नपाउने बताउदै बर्षमा तीन महिना गेमको लागि पोखरा बाहिर जानुपर्ने बताइन् । उनी दशै सकिएकाले अव गेम खेल्न जाने तयारीमा छन् । ‘स्र्पोट करियर सकिएपछि के गर्ने त ? समयमा पढ्ने हो भने भविष्यमा अवसर धेरै पाइन्छ’ उनले थपिन् ।
यस्तै, कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका ४५ बर्षिय लेखनाथ लम्साल भलिवलको पूर्व राष्ट्रिय खेलाडी हुन् । उनले यतिबेला भलिवलको भोलन्टिएर कोच गरिरहेका छन् । स्कुल पढ्दा गेम खेल्ने अवसर नपाएका उनले २०५३ बाट भलिवल खेल्ने अवसर पाए । जिल्ला स्तरीय भलिवल खेल्ने अवसर पाएका उनले त्यहीबाट नेपाल पुलिस टिममार्फत राष्ट्रिय गेममा डेव्यु गरेका थिए । २०५४ मा सुर्खेतमा भएको चौथो राष्ट्रिय खेलकुदमा पनि उनी सहभागी भए ।

गण्डकी विश्वविद्यालयले नेपालमै पहिलोपटक खेलकुद विषयमा पढाई सुरु गरेपछि पढ्नको लागि सहभागी भएका भलिवल खेलाडी लेखनाथ लम्साल । तस्बिर प्रतिपत्र ।

सुर्खेतमा उनको टिम दोस्रो बन्यो । नेपाल पुलिस टिमबाट सोहीबर्ष नेपालमा भएका राष्ट्रिय गेममा समावेश भएका लम्साल द्धन्द्धकाल, दरबार हत्याकाण्ड, अमेरिकन टुइन्टर काण्डले गर्दा नवौ साग गेम खेल्न पाएनन् । ५÷६ वटा राष्ट्रिय गेममा सहभागी हुने अवसर पाएका उनले ७ बर्ष विताए । भक्तपुरको वर्कस गेम, २०५७ मा त्रिचन्द्र क्याम्पस र २०५८ मा पृथ्वीनारायण क्याम्पसबाट स्वभियु सभापति कप खेलेका उनी उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
पारिवारको आर्थिक अवस्थाले गर्दा उनी भलिवल छाडेर वैदेशिक रोजगारको लागि कतार होमिए । कतारमा ११ बर्ष बसे । त्यहा रहदापनि कमिनिटी गेममा सहभागी भएर दुईपटक दोस्रो र एकपटक तेस्रो स्थान हाँसिल गरेको बताउँछन् । ‘कमिनिटी गेम कतारकै ठूला गेम हुन’ उनले भने, ‘विदेशबाट फर्किएपछि खेलकुदको कोर्ष गर्दैछु ।’

पढेर भलिवलमा भएको वेतिथिलाई अन्त्य गर्ने उनको लक्ष्य छ । दक्ष खेलाडी उत्पादन गर्ने र आफैले ट्रेनिङ सेन्टर खोल्ने योजना उनले सुनाए । खेलकुदमा विकृति बढ्दै गएकाले विकृति रोक्न पनि शिक्षा आवश्यक रहेको उनको भनाई छ ।

‘गेमले पहिचान र शिक्षाले करियर बनाउछ’ उनले थपे, ‘म प्रोफेसनल कोच बन्ने लक्ष्य लिएको छु । गेम खेल्दैमा राम्रो खेलाडी भइदैन । कल्चर र मोटिफेसन पनि आवश्यक छ ।’ व्याचलर पढ्दापढ्दै २०५४ मा पढ्न नपाएको इच्छा अहिले आएर पुरा गरेको उनले बताए । फुटवल खेलाडी कुमार थापा उनीहरुलाई अध्यापन गराएका छन् । युरोपबाट मास्टर्स गरेर फर्किका थापा व्याचलर लेभलमा नेपालमा नै पहिलोपटक खेलकुद विषयमा पढाई हुदाँ यसले दक्ष खेलाडी उत्पादन गर्न मद्दत पुग्ने बताउछन् ।
‘गण्डकी प्रदेश खेलकुदको हव हो’ उनले भने, ‘गण्डकी रिसर्जको लागि पनि धेरै सम्भावना भएको ठाउँ हो । खेलमा अनुभवसंगै पढाई चाहिन्छ । नेपालमा नै पढन् पाएपछि खेलाडीलाई बीचमा नै पढाई छाड्नुपर्दैन ।’ उनले कागजीरुपमा पनि खेलाडी बलियो हुने बताए । पोखरामा नै मनाङ र मस्र्याङदी गेम खेलेका थापाले २२ बर्ष फुटवल खेलेरै विताएका छन् । उनले नेपालमा खेलकुद विषय पढेका नेपालमा जम्मा १७÷१८ जना व्यक्ति रहेको बताए ।

‘विदेशमा नै पढेर नेपाल नआएको भए हामीलाई जानकार छैन’ उनले भने, ‘खेलकुद पढेका मान्छे भेटाउनै मुस्किल छ । म विदेश पढ्न जादाँ युरोपमै एउटामात्र नेपाली म थिए ।’ हालैपनि एपीएफको हेड कोच रहेका थापा पोखरामा खेलकुदको लागि रंगशाला जस्ता धेरै सम्भावना रहेकाले खेलकुदमा भविष्य रहेको बताउछन् । विश्वविद्यालयका खेलकुद व्यवस्थापक मधुसुदन सुवेदी भारतबाट खेलकुद विषयमा पिएचडी गरेर आएका हुन् । उनले विदेशमा पढ्नको लागि ४२ देखी ६० लाख रुपैयाँसम्म खर्च लाग्ने बताए । उनले नेपालमा खेलकुद विषयका प्रोफेसनल भेटाउनै मुस्किल रहेको बताए । ‘नेपालमा दुईहजार प्रोफेसनल चाहिएको छ’ उनले भने ।
गण्डकी विश्वविद्यालयले स्थापना भएको १८ महिनापछि भण्डारढिकस्थित नेपालमै पहिलोपटक खेलकुद विषयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम) सुरु गरेको छ । यस्तै महेन्द्रपुलस्थित व्याचलर्स इन इन्फरमेसन टेक्नोलोजी (बिआईटी) विषयमा पनि पढाइ सुरु गरेको छ । विश्वविद्यालयका रजिष्ट्रार डा कैलाश तिमिल्सनाले बिफर्मामा पनि पढाई सुरु गरिएको बताए ।

तिमिल्सनाका अनुसार बीएसएममा १६, बिआईटीमा ३१ र बिफर्मामा २० गरी विश्वविद्यालयमा ६७ जना विद्यार्थी भर्ना भएका छन् । विश्वविद्यालयका अनुसार अध्ययनको लागि गण्डकी प्रदेशका मात्र नभई विभिन्न १६ जिल्लाका विद्यार्थी रहेका छन् । कोर्ष चार बर्षको हुनेछ । आइटीको प्रतिविद्यार्थीलाई कोर्ष पुरा गर्न साढे ४ लाख र खेलकुदको कोर्ष पुरा गर्न प्रतिविद्यार्थी साढे ३ लाख रुपैयाँ खर्च लाग्ने रजिष्ट्रार तिमिल्सनाले जनाए ।

सुरुसुरुमा विश्वविद्यालयलाई प्रदेश सरकारले लगानी गरेको भएपनि पछिल्लो दिनमा खर्च व्यवस्थापन विश्वविद्यालयले नै गर्न सक्ने क्षमता रहेको उनको भनाई छ । अध्यापनको लागि विविले केही समयको लागि शिक्षक भने करारमा नियुक्त गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *