पोखरा अन्तर्राष्ट्रिय म्याराथनको बिजेतालाई उपाधिसहित ४ लाख रुपैयाँ दिइने भएको छ । आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशी वृद्धी गरेको हो । सुजल डेरीको मुख्य उत्पादन सफल दुधले मुख्य प्रायोजनका लागि निरन्तरता दिने भएको छ ।
मञ्चले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराउदै खुल्ला ४२.१९५ किमि म्याराथनतर्फ प्रथम पुरस्कार ४ लाख नगद पु¥याइएको घोषणा गरेको हो । यो पुरस्कार राशी गत वर्षको १५ औं संस्करण भन्दा दोव्वर हो । आगामी फागुन ७ गते पोखरामा आयोजना हुने १६ औं संस्करणको पोखरा म्याराथनतर्फ हुने सवै २१ किमि महिला हाफ म्याराथन बाहेक महिला पुरुष १० किमि र छात्र÷छात्रा ५ किमि, ह्विल चियर तथा दृष्टिविहिन दौडतर्फ समेत पुरस्कार राशी बढाइएको जनाइएको छ । ति दौडतर्फ समेत ५÷५ हजार पुरस्कार राशीमा वढाइएको छ ।
मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले ४२.१९५ किमितर्फको दोश्रो पुरस्कार २ लाख, तेश्रो हुनेले १ लाख र सान्त्वनातर्फ ३० हजार प्राप्त गर्ने बताए । उनले सबै विद्यातर्फ गरी कुल २८ जना पुरस्कृत हुने जानकारी गराउँदै पुरस्कार राशी गत वर्षको भन्दा ४ लाख बढेको जानकारी दिए । ‘गतवर्ष पुरस्कार राशी कुल ८ लाख रहेकोमा यो वर्ष सवै विद्यागत रुपमा बढाउँदा १२ लाख ३० हजार पु¥याएका छौं’ उनले भने ।
पुरस्कार राशीमा वृद्धीले दक्षिण एशियाली देशका धावकसंगै अन्य अन्तर्राष्ट्रिय धावकहरुलाई आकर्षण गर्न सहयोग पुग्ने धारणा अघि सार्दै मञ्चका अध्यक्ष पराजुलीले म्याराथनको माध्यमबाट पोखरालाई विश्वमा चिनाउन मञ्चले लिएको लक्ष्य पुरा हुनेतर्फ आफूहरु अघि बढेको बताए । आगामी तिन वर्षमा पोखरा म्याराथनलाई म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’मा दर्ता गराउने योजनासंगै प्रथम पुरस्कार राशी १० लाख पु¥याउने लक्ष्यका साथ अघि बढेको बताउँदै उनले संघ, प्रदेश सरकार, पोखरा महानगर, प्रायोजक संघसंस्थाहरु र सरोकारवालाहरुको सहयोग र सहकार्यको खाँचो रहेको बताए ।
