प्रेस सेन्टर नेपाल कास्कीको अध्यक्षमा कृष्ण दवाडी निर्वाचित भएका छन् । बुधबार भएको अधिवेशनले दवाडीको अध्यक्षतामा सर्वसम्मत २१ सदस्यीय नयाँ कार्यसमिति चुनेको हो ।

समिति उपाध्यक्षमा दिनानाथ बराल र महिला उपाध्यक्ष शोभा बराल, सचिव पुष्पराज दाहाल, सह–सचिवमा सुरेसराज अधिकारी, सहसचिव (समावेशी) सविना राना थापामगर र कोषाध्यक्षमा सुशीला क्षेत्री चुनिए ।
कार्यसमिति सदस्यमा बलराम तिमिल्सिना, रविनाथ दाहाल, शेरबहादुर खत्री, विवेक भण्डारी, लिलाचन्द्र अधिकारी सरोज, प्रकाशचन्द्र गिरी, खगेन्द्र अर्याल, प्रकाश अधिकारी, श्रीभद्र पौडेल र बाबुराम सुवेदी छन् ।
यस्तै, प्रेस सेन्टर पोखरा महानगर संयोजकमा शिवराज बस्ताकोटी शिव दाइ , अन्नपूर्ण गाउँपालिका संयोजकमा श्रीभद्र पौडेल, रुपा गाउँपालिका संयोजकमा सुरेशराज अधिकारी छन् ।
अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा कोमलनाथ बराल, कुसुमकेशव पराजुली, नारायण भट्टराई, पदम रेग्मी, विश्वप्रकाश लामिछाने, विश्व सुवेदी, सन्देश श्रेष्ठ, निर्मला न्यौपाने, कृष्णमाया पोखरेल, रोशनी गुरुङ र दीपक परियार चुनिएका छन् ।
यसैगरी प्रदेश प्रतिनिधिमा घनश्याम पाण्डे, विमल आचार्य, सविन जिसी, श्रीभद्र पौडेल, सुनिल पाण्डे, कमल गौली, कुमारी बुढा, राजेन्द्र खत्री, सन्तोष परियार, विनु थापामगर, लक्ष्मण भण्डारी, सपना विक र लक्ष्मी सुनार चयन भएका छन् ।
अधिवेशन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गरेका थिए ।