महादेवको मूर्ति हेर्न आन्तरिक पर्यटकको घुइँचो

Share this post :

Facebook
Twitter
WhatsApp
shiva murti pumdikot

पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित पुम्दीकोटमा निर्माणाधीन विशाल महादेवको मूर्ति हेर्न आउनेको घुइँचो लागेको छ । पर्यटकीय गन्तव्यको रुपमा परिचित यो ठाउँ पछिल्लोसमय आन्तरिक तथा बाह्रय पर्यटकको रोजाईमा पर्दछ । महादेवको ठूलो र आकर्षित मूर्ति भएकाले पनि धार्मिक या घुम्न आउने पर्यटकको ओइरो लाग्न थालेको हो ।
एकबर्ष अघि जडान गरिएको मूर्ति परिसरभित्रको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । उनका अनुसार यो ४० करोडको प्रोजेक्ट हो । २० करोड खर्च भइसकेको छ । जसमा १७ लाख रुपैयाँ संकलन भएको छ भने बाँकी ३ लाख ऋणमा रहेको उनले बताए । आउने मंसिरमा मूर्तिको औपचारिक उद्घाटन गर्ने र फागुन शिवरात्रीको अवसर पारी ३ करोड ऋण चुक्ता गर्न महायज्ञको आयोजना गर्ने तयारी रहेको उनले बताएका छन् ।

पोखरा आउने पर्यटकलाई थप एकदिन बस्न समय लम्व्याउने गरि पर्यटकीय गन्तव्यको विकास गरिने उनको भनाई छ । मूर्ति निर्माणको लागि यसअघि गरिएको महायज्ञमा ८ करोड सकलन भएको उनले बताए । महादेवको मूर्ति भारतबाट ल्याइएको हो । भारतबाट आएका कालिगढले लिफ्ट र क्रेनको सहायताले मुर्ति जडान गरेका हुन् ।

भारतको मथुरामा बनाइएको करिब ६ टन तौल बराबरको मुर्तिको विभिन्न भाग जडान कार्यमा २० जना कामदार खटिएको अध्यक्ष बरालले जनाए । सिंहआसनमा बसेको ५१ फिट अग्लो बिशाल महादेवको मुर्ति जडान गर्न एक महिना लागेको उनले जनाए । भारतबाट उक्त मुर्तिको भागलाई १२ वटा गाडीमार्फत गतअसोज २५ मा पुम्दीकोटमा पु¥याइको समितिका अध्यक्ष बरालले बताए । ‘धार्मिक या घुम्न आउने पर्यटकको लागि जुनसुकै बेलापनि खुला गरिएको छ’ उनले भने । उक्त मुर्ति भारतका कलाकार पिपुल अग्रवालले बनाएका हुन् ।

हिल ट्याङक प्रालिका प्रबन्ध संचालक उद्योगपति एवं समाजसेवी कमल जयनले अष्ट धातु जडित फाइवर ग्लाँसको उक्त मुर्ति प्रायोजन गरेका हुन् । यद्यपी उक्त मुर्ति नेपाल भित्राउदा समितिले भन्सारमा १५ लाख रुपैया शुल्कः तिरेको छ । त्यसैगरी उक्त मुर्तिलाई राख्ने मुर्ति स्ट्यान निर्माणमा अर्को एक व्यवसायी मुरलीधर रुंगटाले सहयोग गरेका हुन् ।

पुम्दीकोटमा हाल मुर्ति राख्ने स्ट्यान सहितको ध्यानकेन्द्र, एकसय ८ शिव लिङग् समेत स्थापना गरिएको अध्यक्ष बरालले जनाए । बिशाल महादेवको मुर्ति स्थापनासंगै समितिले पहिलो चरणको काम अन्र्तगत मुर्ति जडान सहितको एकसय आठ स्वर्गद्धारी सिडि, ढुंगा विच्छाउने, रंगरोगन, फिनिसिङ लगायतको काम निर्माणधीन अवस्थामा छ । साथै समितिले १८ वटा एट्याट वाथरुम सहितका सटर निर्माण गरेको छ ।

ग्रिनरी पार्क, पार्किङ, तार वार, रेलिङ, स्मृति पार्क, प्रशासकीय भवन, जेष्ठ नागरिक मिल केन्द्र, टिकट काउण्टर लगायतका भौतिक संरचना निर्माण हुने भएको छ । भविश्यमा उक्त बिशाल महादेवको मुर्ति सहितको भौतिक संरचनामा प्रबेश शुल्कले उक्त संरचनाको संरक्षणमा लगानी गर्ने लक्ष्य राखिएको समितिले जनाएको छ ।

पुम्दीकोटबाट पोखरा बजार, विश्व शान्ति स्तपा, सराङकोट, काहुँडाडा, हिमाश्रृखला, फेवाताल, हरियोवन जंगल लगायतको दृश्य देख्न सकिन्छ । मूर्ति निर्माणको लागि पोखरा महानगरले १ करोड ५० लाख रुपैयाँ दिएको छ । यसैगरी, गण्डकी प्रदेश सरकारबाट ३ करोड ५० लाख र संघीय सरकारले ४ करोड रुपैया“ दिएको अध्यक्ष बरालले बताए ।

‘विभिन्न संघसंस्था र व्यक्तिबाट सहयोग उठेको छ’ उनले थपे, ‘जग्गा पनि स्थानीयले दान दिनुभएको छ ।’ मूर्ति लगायत उक्त प्रोजेक्टको लागि २२ रोपनी जग्गा समितिले सरकारसंग ३० बर्षको लागि लिजमा लिएको जनाएको छ । यसो त, स्थानीयले महायज्ञमा २० रोपनी जग्गा दान दिएका थिए ।

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालको सक्रियतामा केही बर्ष अघि पुम्दीकोटमा भ्यूटावर निर्माण गरेपश्चात पुम्दीकोटमा बिशाल महादेवको मुर्तिको अवधारण आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *