पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् । निगमले कात्तिक २४ गते राति १२ देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । विद्यार्थीहरूले आज विहान ९ बजेदेखि आयल निगम घेरिरहेका छन्
डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर ७५ रुपैयाँ वृद्धि गरेको छ । यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।
Post Views: 32