प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा अर्जुन काफ्ले

Share this post :

Facebook
Twitter
WhatsApp

प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा अर्जुन काफ्ले चयन भएका छन ।
प्रेस सेन्टर गण्डकी प्रदेशको शनिबार सम्पन्न दोस्रो अधिवेशनले काफ्लेको अध्यक्षमा ४१ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा घनश्याम पाण्डे, उपाध्यक्षमा राम थापा, समावेसी उपाध्यक्षमा कमला केसी, प्रमुख सचिवमा सन्तोष गौतम, कोषाध्यक्षमा विश्वराज सुवेदी चयन भएका छन ।
त्यसैगरी खुल्ला सचिवहरुमा सुनिल पाण्डे, सुवास अम्गाई, सविन जिसी, जनजाती सचिवमा विनु थापा चयन र महिला सदस्यमा सविता शर्मा र सरिता खत्री चयन भएका छन ।
खुला सदस्य तर्फ राजकुमार छत्कुली, सन्दिप खत्री, सागर भण्डारी, प्रनिश गिरी, राजकुमार ढकाल, लक्ष्मी पंगेनी, रामजी आचार्य, उत्तमबहादुर घर्ती, विमल आचार्य, मुरारी शर्मा दीपक आचार्य ,सन्तोष परियार, लिलाधर कोइराला र आश कोम्चे तमु चयन भएका छन ।
दलित सदस्य तर्फ लक्ष्मी सुनार र खगेन्द्र विक, जनजाति सदस्यमा शर्मिला रोका चयन भएकी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *