पछिल्लो समयमा ४१६ संक्रमित, निको हुनेको संख्या २७०

जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४१६ जना संक्रमित भएका छन पछिल्लो २४ घण्टामा १२ हजार ४०२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ७ हजार ५५५ जनाको पिसिआर परीक्षण र ४८४८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल ७ हजार ३११ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ।
२७० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७।७ प्रतिशत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *