पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको असर पोखरा नि परेको छ । प्रहरीले बिहानैदेखि सुरक्षा व्यवस्था कडा गरी ठाउँठाउँमा प्रहरी खटाएको छ ।
बन्द गराउँदै हिँड्का नेकपा कास्कीका सदस्य काजी गुरुङ र अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कास्कीका डीएसपी सुन्दर तिवारीले पक्राउ परेकासँग सोधपुछ भइरहेको बताएका छन । नेकपाका कार्यकर्ताले पोखराका विभिन्न चोक र सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।
पोखरामा बिहानैदेखि बजार बन्द छ। सार्वजनिक यातायात ठप्प छ भने निजी सवारीसाधन पनि फाट्टफुट्ट गुडेका छन् । अत्याश्यक ढुवानीका मालबाहक गाडी भने चलिरहेका छन् ।
Post Views: 26