बाबा रामदेवको टेलिभिजन उद्घाटनमा नेपाली नेताहरुको उपस्थिति

Share this post :

Facebook
Twitter
WhatsApp

पतञ्जलि सेवा सदनमा आयोजित कार्यक्रमबीच आस्था नेपाल र पतञ्जलि नेपाल टीभीको उद्घाटन गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले दुई वटा टेलिभिजन च्यानलको शुक्रबार उद्घाटन गरेका छन्।
कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, परराष्ट्र मन्त्री नारायण खड्का, पर्यटन मन्त्री प्रेमकुमार आलेलगायत वरिष्ठ नेता तथा मन्त्रीहरूको सहभागिता थियो।
रामदेवले पतञ्जलिका कर्मचारीका लागि बनाइएको आवास ुपतञ्जलि सेवा सदनु सँगै स्वदेशी समृद्धि कार्डु को पनि उद्घाटन गरेका छन्।
योग गुरू रामदेवको अग्रसरतामा भएको कार्यक्रममा पतञ्जलिका सानाठूला परियोजनाको उद्घाटनसमेत गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *