आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप

Share this post :

Facebook
Twitter
WhatsApp

कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिइने भएको छ ।
स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुखका अनुसार आजबाट १२ देखि १७ वर्ष उमेर समूहका निरोगी बालबालिका र दीर्घ रोगी भए १२ वर्षमाथिका सबै उमेर समूहका लागि यो खोप दिने व्यावस्था मिलाइएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेका अनुसार फाइजरका लागि तोकिएका पाँच वटा खोप केन्द्रमा प्रतिकेन्द्र साढे ५ सयको हाराहारीमा खोप मौज्दात रहेकाले करिब २७ देखि २८ सय बालबालिकाले मात्रै खोप पाउन सक्नेछन् ।
‘आज, भोलि र पर्सिका लागि १२ देखि १७ वर्ष उमेर समूहका स्वस्थ बालबालिकालाई खोप दिने भनिएको हो । तर खोपको मौज्दात कम छ । खोप लगाउन कति आउनुहुन्छ, त्यसैको आधारमा कति समय खोप अभियान चल्छ त्यसपछी कोभ्याक्स सुविधा अन्तर्गत नेपालले प्राप्त गरेको एक लाख ६२० डोज खोप काठमाडौं उपत्यकामा ८ र बाहिर १६ वटा गरी कुल २४ वटा अस्पतालमा केन्द्र तोकि गत २८ कात्तिकदेखि लगाउन सुरु गरिएको हो । यसको दोस्रो मात्रा ४ साता पछि अर्थात २७ मंसिरदेखि २ पुस सम्मका लागि तय गरिएको उनले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *