नेपाली काँग्रेस स्याङ्जाको क्षेत्रीय अधिवेशनमा सभापति पदमा रेग्मी र खाँड विजयी भएका छन् । क्षेत्र नम्बर १ को सभापतिमा तुलसीराम रेग्मी र २ को सभापतिमा दिलीपप्रताप खाँड विजयी भएका हुन् ।
प्रतिस्र्धी ओमबहादुर भट्टलाई ३२५ मतले पराजीत गर्दै रेग्मी सभापति निर्वाचित भएका हुन् भने, धुव्रप्रसाद पंगेनीलाई ४५९ मतले पराजीत गर्दै क्षेत्र नम्बर २ मा खाँड विजयी भएका हुन् । खाँडले ८०२ मत प्राप्त गरेका छन् भने पंगेनीले ३६४ मत प्राप्त गरेका छन् । यस्तै, रेग्मीले ६३९ र भट्टले ३१४ मत प्राप्त गरेका छन् ।
Post Views: 19