कोरोना भाइरस महामारीका कारण आफ्ना बाबुआमा गुमाएका टुहुरा बालबालिकालाई गण्डकी प्रदेश सरकारले मासिक ५ हजार रुपैयाँ भत्ता वितरण गरेको छ । चालु आर्थिक बर्षको साउनदेखी लागू हुने गरि पहिलोपटक विहीवार ६० जना बालबालिकालाई भत्ता वितरण गरेको हो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बालबालिकालाई चेक हस्तान्तरण गरे ।
शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले टुहुरा बालबालिकाको तथ्यांक र निवेदन माग गरेको थियो । सो अनुसार गण्डकी प्रदेशका एघारवटै जिल्लाबाट एकसय ७० जना बालबालिकाको निवेदन परेको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए ।
पहिलो चरणमा ६० जनालाई भत्ता वितरण गरिएको मन्त्रालयले जनाएको छ । बाँकीको पनि कागजात पु¥याएपछि भत्ता दिइने मन्त्रालयको बताएको छ । कोरोनाका कारण बाबुआमा गुमाएका बालबालिकाले स्थानीय तह र विद्यालयबाट कागजात पु¥याएर मन्त्रालयमा पेश गर्नुपर्ने हुन्छ । बालबालिकाले सो भत्ता नगद र आफूले मात्र पाउदैनन् । अभिभावक वा संरक्षण र बालबालिकाको संयुक्त चेक दिइने मन्त्री श्रेष्ठले बताए । बालबालिकाले सो रकम पठनपाठनमा खर्च गरेको हुनुपर्छ । १८ बर्ष नपुग्ने बेलासम्म भत्ता निरन्तर दिइरहने मन्त्री श्रेष्ठको भनाई छ ।
सो कार्यक्रममा नै कोरोनाका कारण मृत्यु भएका परिवारलाई पनि ५० हजारको दरले सहयोग रकम वितरण गरेको छ । मन्त्रालयले विहिबारदेखी १६ दिने लैङिगक हिंसा विरुद्धको अभियान संचालन गरेको छ ।