यतिबेला स्याङ्जामा नेपाली काँग्रेसको चुनावी रौनक छ । सभापति पदको लागि राजु थापा भर्सेस भागवतप्रकाश मल्ल चुनावी मैदानमा छन् ।
सम्बन्ध उनीहरु दुवैको घनिष्ट साथीको हो । पहिलेदेखी नै साथी जस्तो मिलनसारका दुईभार आज चुनावी मैदानमा प्रतिस्पर्धी बनेर होमिएका छन् । युवा भएकै कारण काँग्रेस कार्यकर्तामा उनीहरुको प्रभाव राम्रो छ ।
आर्थिक रुपले पनि दुवैजनाको अवस्था सम्पन्न भएकाले पार्टीका बढी अपेक्षा हुनु स्वभाविक नै हो । यसो त, महाधिवेशन प्रतिनिधिको निर्वाचनमा पनि दुवै जनाले आ–आफ्नो क्षेत्रबाट दुवैजनाले पपुलर भोट ल्याए । भोटले पनि जनाउछ उनीहरु स्याङ्जा कांग्रेसको राजनीतिमा लोकप्रिय छन् ।
क्षेत्र नम्बर १ मा थापाले ८२३ मत ल्याएका थिए भने मल्लले क्षेत्र नम्बर दुईमा ८५२ मत ल्याएका थिए । मतको आधारमा पनि उनीहरु चुनावी प्रतिस्पर्धी बन्न पुगे । थापा कोइराला र मल्ल देउवा लाइनबाट चुनावी मैदानमा उत्रिएका हुन् । यतिबेला अहिले सभापति लगायत जिल्ला कार्यसमिति पदाधिकारी सवैको निर्वाचन भइरहेको छ ।