पोखरा महानगरपालिका गगनगौडाबाट अवैध दुईलाख अमेरिकन डलरसहित कास्की प्रहरीले एकजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिका–१ घर भई हाल पोखराको पृथ्वीचोक बस्दै आएका ४२ बर्षिय छिरिङ ढुन्डु गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय हंशपुर र वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त टोलीले सुराकीको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
काठमाण्डौबाट पोखरातर्फ आउदै गरेको सवारी साधन शुक्रबार साँझ चेकजाँज गर्ने क्रममा अवैध रुपमा लिई हिडेको अमेरिकन डलर १ लाख ९४ हजार २ सय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
सो रकमको अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार ११९.५ का दरले २ करोड ३२ लाख ६ हजार ९ सय रुपैया“ पर्न आउँछ । प्रहरीले २ वटा मोवाइल, एउटा चेकबुक र नागरिकताको प्रमाणपत्र पनि बरामद गरेको जनाएको छ ।