मनाङका बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको बिषेश सहयोग हस्तान्तरण

Share this post :

Facebook
Twitter
WhatsApp

मनाङका बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेश सरकारले बिषेश सहयोग हस्तान्तरण गरेको छ । सोमबार नासो गाउँपालिकास्थित एक समारोहका बीच गण्डकीका अर्थमन्त्री रामजी बरालले बाढीपहिरो पूर्ण प्रभावित ७४ घर परिवारलाई बिषेश राहत हस्तान्तरण गरेका हुन् । नासो, चाँमे लगायतका गाउँपालिकाका प्रभावितलाई प्रदेश सरकारले उपलब्ध गराएको बिषेश सहयोग २ लाख रुपैया बराबरको चेक हस्तान्तरण गरिएको मन्त्रीका स्वकीय सचिव दिननाथ बरालले जानकारी दिए ।
यसअघि प्रभावित क्षेत्रमा केही समयअघि गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र अर्थमन्त्री बरालसहितको टोलीले अवलोकन गर्दै उक्त रकम सहयोग गर्ने घोषणा गरेका थिए । अर्थमन्त्री बरालले हाल प्रदेश सरकारले पूर्ण घर क्षति भएकालाई राहतस्वरुप उक्त रकम उपलब्ध गराएको बताउदै आंसिक क्षेती भएको एकिङ तथ्यांक संकलन गर्न निर्देशन दिएका छन् । प्रदेश सरकारले ढिलै भए पनि उक्त रकम उपलब्ध गराएको सो रकमलाई उचित ढंगले प्रयोग गर्न मन्त्री बरालले प्रभावितलाई आग्रह गरेका छन् । मनाङ क्षेत्र यस बर्षको बाढी तथा पहिरोले निकै प्रभावित भएकोले तत्काल गर्नूपर्ने आधारभूत आवश्यकता पूरा गर्न प्रदेश सरकारको ध्यान केन्द्रित भएको उनको भनाई छ ।
प्रदेशका सम्बन्धित निकाय मनाङ क्षेत्रको विकास निर्माणमा जागरुक हुन र स्थानियलाई समेत सचेत हुन मन्त्री बरालले जनाएका छन् । असार १ मा आएको बाढीले विद्यालय क्षेत्र, प्रहरी चौकी, स्वास्थ्य चौकी लगायतका संरचनामा क्षति पु¥याएको थियो । स्थानिय सरकारको कार्यालय बनाउने जग्गा अभाव, बिद्युत तहस नहसको अबस्था रहेको नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले मन्त्रीसमक्ष गुनासो गरेका थिए । आन्तरिक श्रोतको अभावमा केही गर्न नसकेको बताउदै उनले केही छुटपुट भएको पीडितलाई पुनः सहयोग उपलब्ध गराउन प्रदेश सरकार समक्ष आग्रह गरेका थिए । यस क्षेत्रका महत्वपूर्ण बिद्यालय प्रकाश ज्योति र भानु मावि (तालमा रहेको) नदीको जोखिममा भएको घलेले गुनासो गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *