कोरोना नियन्त्रणका लागि जनप्रतिनिधि गाउँ गाउँमा

Share this post :

Facebook
Twitter
WhatsApp

कोरोना भाइरस संक्रमणका विरामी बढेसंगै नियन्त्रणको लागि गल्याङ नगरपालिकाका जनप्रतिनिधिको टोली गाउँ गाउँ पुगेको छ । गल्याङ नगरप्रमुख भुपराज अधिकारीको नेतृत्वमा गल्याङ नगरपालिका वडा नम्बर ११ जिमुहामा पुगेर नगरपालिकाको टोलीले महामारीको सामना गर्न स्थानीयवासीलाई आग्रह गरेको छ ।
थप मानवीय क्षति हुन नदिन नगरपालिकाको सबै ध्यान केन्द्रीत रहेको नगरप्रमुख भुपराज अधिकारीले बताए । महामारीको सामना गर्नका लागि जम्मा नहुने र स्वास्थ्य मापदण्डको पालना नै अहिले प्रमुख कुरा रहेको उनको भनाई छ । नगरप्रमुख अधिकारीले रोगलाई लुकाउन नहुने भन्दै समस्या परेमा नगर अस्पताल वा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘नगर अस्पतालमा निशुल्क बेड र अक्सिजनको व्यवस्था गरिएको छ । थप उपचार गर्नुपर्ने भएमा अन्य अस्पतालमा पठाउन पनि हामीले व्यवस्था गरेका छौं ।’


महामारी थप फैलन नदिनका लागि रोग सहन भन्दा पनि सम्पर्क गर्नु नै राम्रो हुने उनले बताए । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले जिमुहा क्षेत्रबाट गाडीमा लैजानका लागि व्यवस्था गरिएको भन्दै समस्या परेमा तुरुन्तै सम्पर्क गर्न आग्रह गरे । उनले भिडभाड नगरी जोखिम कम गर्न आफै साबधानी अपनाउनुपर्ने भन्दै कोरोना सामना गर्ने नगरको अभियानमा सहयोग गर्न आग्रह गरे । शर्माले सो क्षेत्रमा एण्टिजिन परिक्षणका लागि सबै व्यवस्था गर्ने बताएका छन् । सो अवसरमा वडाध्यक्ष शंकरदेब अधिकारी तथा स्वास्थ्य संयोजक गुनेन्द्र राना सहितको टोलीले उक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्दै कुनै समस्या भएमा सम्पर्क गर्न आग्रह गरेको थियो । स्थानीय तथा नेकपा माओवादी केन्द्र गल्याङ नगर कमिटि अध्यक्ष नारायणप्रसाद अधिकारी (समिर) ले परीक्षणका लागि अझै पनि स्थानीय तयार नहुने समस्या रहेको बताए । सो अवसरमा सवारीचालकका लागि पिपिई सहितका स्वास्थ्य सामाग्री एवम् विरामीका लागि औषधी पनि वितरण गरिएको छ । कोरोनाका कारण गल्याङ नगरपालिकामा २५ जनाको निधन हुँदा सबैभन्दा धेरै वडा नम्बर ११ का ६ जनाको निधन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *