नेपाली कांग्रेसका नेता टेकनाथ पन्थीको ६२ वर्षको उमेरमा मंगलबार बिहान पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ ।
उनी प्यारालाइसिस भएर लामो समय थलिएका थिए । पन्थीका श्रीमती र चार छोरा छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसमा लामो समय राजनीति गरेका उनी नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं। ३२ का पूर्व सभापति पनि हुन् । उनको आजै पोखरा लेखनाथस्थित मजुवाघाटमा अन्त्येष्टि गरिंदैछ ।
यसैबीच कास्की कांग्रेसले पन्थीको निधनप्रति दुःख व्यक्त गरेको छ । पन्थीको निधनले सिंगो पार्टी र ट्रेड युनियन आन्दोलनलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ ।
Post Views: 20