पाेखराकाे डेविडफलमा हाम्फालेका युवा मृत भेटिए

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिका–१७ डेविडफलमा हाम्फालेका युवा शनिबार मृत अवस्थामा भेटिएका छन् । मंसिर १२ मा हाम्फालेका धादिङ घर भई पोखराको छोरेपाटन बस्ने ४१ वर्षीय सुनिल परियारलाई प्रहरीले शनिबार साँझ मृत अवस्थामा फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डीएसपी सुन्दर तिवारीका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । उनका अनुसार सुनिलका दाजु विष्णु परियारले पुस १ मा भाइ हराएको भनी प्रहरीमा जाहेरी दिएका थिए ।
‘तीन दिनअघि सुनिलका कपडा परिवारले भेटाएका रहेछन्’ डीएसपी तिवारीले भने, ‘कपडा भेटाएकाले पनि डेविडफलमै हराएको संका परिवारलाई भएछ । अनि हामीको ठाडो उजुरी आएपछि खोजतलास गरेका थियौ । शनिवार स्थानीयले वेवारिसे शव भेटिएको जानकारी गराए । गएर हेर्दा परियारको शव रहेछ ।’
हातमा सुनिल परियार भनेर टाटु गरेकाले टाटुका आधारमा शवको पहिचान भएको तिवारीले बताए । उनका अनुसार शव कुइसकेको हुदाँ अन्य पहिचान गर्ने आधार थिएन् । घर धादिङको कुन ठाउँ हो ? उनको पेशा के हो ? कहिलेदेखी कोको पोखरा बस्दै आएका छन् र परिवार छन् या नाई भन्ने विषयमा केही पनि विवरण नखुलेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *