नवलपुरमा हतियार देखाएर लुटपाट गर्ने तीनजना पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले सोमबार हतियार (रिवल्भर) देखाएर सिक्री लुट्ने तीन जनालाई पक्राउ गरेको छ । मोटर साईकलमा हिडेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नवलपरासी पश्चिम रुपौलिया गाँउपालिका–१ का २२ बर्षिय रामबहादुर क्षेत्री, सुस्ता गाँउपालिका–९ बस्ने वर्ष २० को संजय गुरुङ र नवलपरासी पुर्व गैडाकोट वस्ने वर्ष ३४ को आशिष सुनार रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ४ राउन्ड गोली लोड भएको १ थान रिभोल्बर पेस्तोल बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई हातहतियार खरखजना र चोरी सम्बन्धी मंगलबार मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *