इन्जिनियर अनुपको राजनीतिक यात्रा

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ हुदै राजनीति यात्रा शुरु गरेका इन्जिनियर अनुप श्रेष्ठ हालै सम्पन्न १४ औँ महाधिवेशनको लागि स्याङ्जाबाट प्रतिनिधि निर्वाचित भए । पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट निर्वाचनमा होमिएका श्रेष्ठ लोकप्रिय मत ल्याएर महाधिवेशन प्रतिनिधि चुनिएका थिए ।
उनी पेशाले सिभिल इन्जिनियर हुन् । २०६५ सालमा पश्चिमाञ्चल इनिजनियरिङ क्याम्पस पोखरामा अध्ययन गरेका उनी लामोसमयसम्म सरकारी सेवामा नै रहेर इन्जिनियरिङ सेवा गरे । परिवार नै राजनीतिमा भएकाले उनलाई सानैदेखी राजनीति प्रभाव थियो । अनुप २०६० सालमै नेपाल विद्यार्थी संघको इकाई सदस्य भएका थिए ।
२०६४ मा नेविसंघको तर्फबाट पश्चिमान्चल इन्जिनियरिङ क्याम्पस पोखरामा स्वतन्त्र विद्यार्थी युनियनमा उपसभापतिको उम्मेदवार बने । ‘पारिवारीक प्रभाव पनि होला सानैदेखी राजनीतिमा लागे’ उनी भन्छन, ‘राजनीति नशा रहेछ । छोड्नै नसकिने । जति पछि हुदै गयो उत्ति राजनीति बुझिदो रहेछ ।’ उनलाई हजुरवुवाको विरासत धान्नु छ । यसो त, अनुपलाई हजुरबुवाकै कारण पार्टीभित्रै गुटको अप्ठ्यारो नभएको पनि होइन तर, पार्टीभित्र गुट भन्दा पनि सिंगो काँग्रेस एक हुनुपर्ने उनको तर्क छ ।
२०६६ सालमा प्राविधिक विद्यार्थी परिषद्को केन्द्रिय वरिष्ठ उपसभापति बनेका अनुप २०६९ मा नेवि संघ केन्द्रय महाधिवेशन प्रतिनिधी भएका थिए । हाल उनी स्कुल अफ डेमोक्रेसी स्याङ्जाका अध्यक्ष हुन् । २०७७ मा अध्यक्ष भनेका अनुप राजनीतिसँगै सामाजिक काममा व्यस्त छन् । व्याचलर इन सिभिल इन्जियिरिङ र टियु मास्टरस इन इन्जिनियरिङ पियु अध्ययन गरेका उनी राजनीतिमै भविष्य देख्छन् । भन्छन, ‘राजनीतिमा पढे लेखेका व्यक्ति आउनुपर्छ । युवा भएर मात्रै हुदैन पोलिसी लेभलमा डिस्कर्स गर्न सक्ने क्षमता राख्नुपर्छ ।’ उनी आर्थिक रुपमा पनि सक्षम बन्नको लागि युवा राजनीतिसँगै व्यवसायमा पनि लाग्नुपर्ने सुझाउछन् ।
व्यक्तिगत रुपमै इन्जिनियरिङ कन्सल्टे«न्सी संचालन गरेका अनुप जिल्लाका विभिन्न खेलकुद प्रतियोगितामा सहयोग गर्ने, बालबालिकालाई न्यानो कपडा वितरण गर्ने, विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्ने, जनताको घरघरमा पुग्ने लगायतका सामाजिक कार्यमा बढी व्यस्त देखिन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *