नेकपा माअाेवादी केन्द्रकाे अाठाै महाधिवेशन सुरू

नेकपा माअाेवादी केन्द्रकाे अाठाै राष्ट्रिय महाधिवेशन सुरू भएकाे छ । काठमाडौंकाे कमलादीस्थित प्रक्ज्ञा भवनमा उद्घाटन सत्र सुरू भएकाे हाे ।

यसअघि प्रथम राष्ट्रिय सम्मेलन भनिएकोमा माओवादीको शनिबारको स्थायी समिति बैठकले महाधिवेशनमा परिणत गरिएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल,  जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राप्रपा महामन्त्री कुन्तीकुमारी शाहीलगायत सहभागी छन् । 

महाधिवेशनमा देशभरीबाट १ हजार ६ सय ३१ प्रतिनिधि सहभागी रहेको माओवादीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *