डोवाटे विकलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आफू मातहत रहेको आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी डोवाटे विश्वकर्मालाई दिन लागेका छन
यसका लागि सोमबारको मन्त्रीपरिषद् बैठकले कार्यविभाजन नियमावली २०७४ संशोधन गरेर एउटा मन्त्रालय बढाएको बताइएको छ ।
मन्त्री विकलाई आन्तरिक मामिला मन्त्रालय दिने गरी नियमावली संशोधन गरिएको बताइन्छ । योसंगै गण्डकीमा मन्त्रालयको संख्या १२ पुग्नेछ ।
गण्डकीमा ६० सदस्यीय प्रदेशसभा छ । संविधानले कुल प्रदेशसभा सदस्यको २० प्रतिशत हुने गरी मन्त्री बनाउन पाइने व्यवस्था गरेको छ ।
मुख्यमन्त्री पोखरेलले डोवाटेलाई गत असोमा मन्त्री बनाएका थिए । विक दुई महिनादेखि विनाविभागीय मन्त्रीको रुपमा रहँदै आएका छन् ।
आन्तरिक मामिलालाई प्रदेशको गृह अर्थात शक्तिशाली मन्त्रालयको रुपमा लिइन्छ । मन्त्री विक कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा भने पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *