जग्गा अभावका कारण लामोसमयदेखी अलपत्र परेको आइटी पार्कको परियोजनाको निर्माण कार्य थालिएको छ । गण्डकी प्रदेश सरकारको आफ्नै स्वामित्वमा जग्गा नहुदाँ निर्माण प्रकृया ढिला सुरु भएको कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्रालयले जनाएको छ ।
पोखरा महानगर–१८ स्थित जामुनबोटमा सूचना प्रविधि निर्माण र सञ्चालन गरी डिजिटल गण्डकी प्रदेश बनाउने, साथै प्रदेशलाई अन्र्तराष्ट्रिय बजारसंग जोड्ने उदेश्यले गण्डकी प्रदेश सरकारले सुचना प्रविधि पार्क निर्माण गर्ने योजना सार्वजानिक गरेको थियो । पार्कको पहिलो चरणमा कम्पाउण्डिङको लागि टेण्डर निकालिसकिएको कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले जनाए । पार्कको सम्भाव्यता अध्ययन सकिएपछि निर्माणको प्रकृया सुरु गरिएको मन्त्री थापाको भनाई छ ।
आइटी पार्क प्रदेश सरकारको प्रदेश गौरवको आयोजना हो । संघीय सरकारको नाममा रहेका जग्गाको अधिकार प्रदेशलाई नहुदा“ आइटी पार्क जस्ता कर्यौ आयोजना प्रभावित बनेको मन्त्री थापाले बताएका छन् । ‘जग्गा माग गरेको डेढ बर्षमा स्वामित्व पाएका छौ, अव प्रकृयामा जान्छौ’ थापाले भने । गण्डकी सरकार गठन भएको पहिलो बर्षमा नै सार्वजानिक गरिएको यो आयोजना सरकार गठन भएको चार बर्ष पुरा हुदा“सम्म कार्यान्वयनमा आउन नसकेको हो । उनका अनुसार आइटी पार्क प्रदेश सरकारको महत्वपूर्ण योजनाको रुपमा लिइएको छ । २०७६ असोजमा बसेको मन्त्रिपरिषद्को वैठकले संघीय सरकारसंग जग्गा माग गरेको थियो ।
त्यसअनुसार संघीय सरकारकै नाममा रहने तर, जग्गाको भोगाधिकार मात्र प्रदेशलाई हुने गरी संघीय मन्त्री परिषद्को २०७७ पुष २० को निर्णयले ९६ रोपनी १३ आना २ दाम जग्गा दिएको मन्त्रालयले जनाएको छ । पार्कको कम्पाउण्ड निर्माणको लागि चालु आर्थिक बर्षमा १ करोड ७० लाख रुपैया“ विनियोजन भएको मन्त्रालयका कानुन अधिकृत श्रीप्रसाद तिवारीले बताए । ‘एक करोड संघीय सरकारको ससर्त अनुदान हो’ उनले भने, ‘७० लाख रुपैयाँ प्रदेशबाटै छुटिएको छ ।’ कुल बजेटबाट डीपीआरको लागि ५ लाख रुपैया“ छुटिएको भएपनि विगतका बर्षमा रकम खर्च हुन नसकेको उनले बताए । यस्तै, मन्त्रालयले डीपीआरको लागी संघीय अर्थ मन्त्रालयसँग थप बजेट माग गरेको मन्त्री थापाले बताएका छन् । मन्त्रालयका अनुसार पोखरा–१८ ग्यारजाती जामुनबोटस्थित रत्न आधारभुत विद्यालयको नाममा रहेको १८३ नम्बरको कित्ता प्रस्तावित सुचना प्रविधि पार्क निर्माण प्रयोजनका लागि गण्डकीलाई उपलब्ध गराएको हो ।
मन्त्रालयले यस योजनाको लागि गत आवमा ३५ लाख रुपैया विनियोजन गरेको थियो । सो रकमबाट सम्भाव्यता अध्ययन गरिएको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले नै संचालन गरेको गण्डकी विश्वविद्यालयबाट यही शैक्षिक सत्रदेखी आइटी कक्षा संचालन भएको छ । यदी आइटी पार्क निर्माण भएको भए पार्क भित्रै आइटीका कक्षा संचालन गर्न सकिने गण्डकी विश्वविद्यालयका रजिष्ट्रार डा कैलाश तिमिल्सिनाले जानकारी दिए । उनले पार्क निर्माण भएपछि आइटीका कक्षा पार्कभित्रै संचालन गरिने बताए । हाल गण्डकी विश्वविद्यालयले आइटी कक्षा महेन्द्रपुलस्थित संचालन गर्दै आएको छ । आइटी कक्षा संचालनको लागि गण्डकी विश्वविद्यालयलाई अधिकार पनि प्राप्त भएको र स्रोत, साधनको पनि व्यवस्था भएको विश्वविद्यालय स्रोतले जनाएको छ ।
