गण्डकीमा एमालेको उम्मेदवारी दर्ता

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । स्याङ्जाका अर्जुनकुमार सुनाम, कास्कीका पुण्यप्रसाद पौडेल र महिलामा नवलपुरकी लीला थनेतले मनोनयन दर्ता गराएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ १२ गते हुने र त्यसका लागि आज सबै प्रदेशहरुमा मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।
गण्डकीमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादीका सुरेश आलेमगर र भुवन सुनारले दर्ता गराउने कांग्रेस गण्डकी प्रदेश महामन्त्री विष्णु लामिछानेले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *