सांसदको तलवभत्ता समाजसेवामा

Share this post :

Facebook
Twitter
WhatsApp

गोरखाको निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले आफ्नो सरकारी तलवभत्ता समाजसेवामा खर्चिदै आएका छन् । २०७७ पुषको पहिलो सातादेखी २०७८ पुष मसान्तसम्म प्राप्त तलव, भत्ता र वैंकले दिएको व्याजसहित ७ लाख ८२ हजार ३ सय ६२ रुपैयाँ समाजसेवामा नै खर्चिएको मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
‘मैले पाएको सेवा सुविधाभन्दा केही रकम थप गरेर सहयोग गरेको छु’ उनले भने, ‘कतिपय कोभिडका विरामी छन् उनीहरुको लागि अक्सिज सिलिण्डर किन्ने क्षमता हुदैन । कतिपयलाई एम्बुलेन्स झिकाएर अस्पताल पुयाउने गरेको छ । कतिपयलाई पठनपाठन र सुत्केरी महिलाको लागि पनि सहयोग गरेको छु ।’ उनले जनताको समस्या पहिचान गरि घाउमा मलम लगाउने कार्य भएको बताए । एक वर्षसम्म सेवासुविधाको रकमसहित आफूले थप गरि १३ लाख ६३ हजार ८ सय रुपैयाँ समाजसेवामा खर्चिएको उनले जनाए ।
सहयोग कसैलाई देखाउन नभई आफूलाई आत्मसन्तुष्टिको लागि गरिएको उनको भनाई थियो । उनले सांसद भएको भोलीपल्ट नै आफूले पाउने सेवासुविधा जनताकै लागि खर्चिने घोषित गरेका थिए । त्यसपश्चात हालसम्म आफूले पाएको सेवासुविधा समाजसेवामा नै खर्र्चिएको उनले बर्षेनी पत्रकार सम्मेलनमार्फत जानकारी गराउदै आएका छन् । धनाढ्य सांसदले जनतालाई सहयोग गर्दा राज्यको अपनत्व नभएको भन्ने संचारकर्मीको प्रश्नमा जवाफ दिदै सांसद दवाडीले राज्यलाई गाउँ–गाउँसम्म पु¥याउन र जिम्मेवारी बनाउन पनि आफूले सहयोग गरेको बताए । ‘यो गुनासो सांसदहरुबाट पनि आएको छ’ उनले थपे, ‘निरन्तर राजनीतिमा लाग्नेको लागि आम्दानी हुदैन । सहयोग कसरी गर्ने । म त बीचमा व्यवसाय गरेको मान्छे । व्यवसायबाट राजनीतिमा लागेकाले बीचको समय पैसा कमाउन पाए । त्यही पैसा अहिले सहयोग गर्न पाएको छु ।’ व्यवसायसँगै लामोसमय जापान बसेर आएकाले राजनीतिमा लामोसमय नभएको उनले बताए ।
सांसद दवाडीले सरकारबाट जति हुनुपर्ने हो त्यति काम हुन नसकेको आरोप लगाए । ‘सरकार ढिलासुस्ती छ’ उनले भने, ‘झक्झकाउने काम भइरहेको छ ।’ यसो त, उनले संविधानले व्यवस्था गरे अनुसार नै स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिए । पार्टीले विश्वास गरे अवको निर्वाचनमा संघमा उठ्ने रहर भएको उनले बताए । गण्डकी प्रदेशसभा अन्तर्गत नेपाली काँग्रेस संसदीय दलका प्रवक्ता समेत रहेका दवाडी नेपाली काँग्रेसबाट निर्वाचित सांसद हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *