अवैध सुनसहित मानिस पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

कास्की प्रहरीले अवैध सुन ओसारपसार गर्ने युवालाई पक्राउ गरेको छ । अवैध रुपमा सुनको कारोबार गरेको गोप्य सुचनाको आधारमा प्रहरीले शनिवार पोखरा महानगरपालिका–३० पावरहाउसस्थित पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ का २५ वर्षिय रमेश सुनार रहेका छन् ।
प्रहरीले उनलाई पृथ्वी राजमार्ग सडकखण्डमा सवारी साधन चेकजा“च गर्ने क्रममा पोखराबाट पोखरातर्फ आउदै गरेको माइक्रोबसबाट नियन्त्रणमा लिएको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए । उनका अनुसार अवैध सुनको चारपाटे विस्कुट आकारको १ केजी ८ ग्राम सुन, रवि भिन्न वैंकका चेकबुक ३ वटासहित पक्राउ गरिएको हो । बरामद सुनसहित प्रहरीले सुनारलाई आइतबार अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भव ललितपुर पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *