लोकगायक विष्णु खत्री माओवादी केन्द्र गलकोट नगर उपाध्यक्षमा चयन

Share this post :

Facebook
Twitter
WhatsApp

लोकगायक विष्णु खत्री नेकपा माओवादी केन्द्र गलकोट नगर समितिका उपाध्यक्ष पदमा चयन भएका छन् । बुधबार बसेको नगर समितिको बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो ।
खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको र ‘पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने सोचेर राजनीतिमा पाइला चालेको र कुनै पार्टीमा विचार र आस्था जोडिइसकेपछि नेतृत्वमै रहेर काम गर्नुपर्ने उनले बताएका छन ।
राजनीति र कलाकर्मलाई एकसाथ अघि बढाउने र आफूलाई चिनाउने लोकसङ्गीत क्षेत्रको टेवा र उत्थानमा सधैं क्रियाशील भएर लाग्ने उनले बताएका छन ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा खत्री माओवादी केन्द्रको तर्फबाट गलकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवारका रुपमा रहेका थिए । लोकसङ्गीत क्षेत्रमा रुचाइएका खत्रीले सयौं गीतमा स्वर दिएका छन् ।
माओवादी केन्द्र्रले गलकोट नगर समितिको अध्यक्षतामा तिलक उप्रेती, उपाध्यक्षमा खत्रीसहित गङ्गा भुजेल, ललित श्रीस, सचिवमा चन्द्रदत्त रेग्मी, सहसचिवमा भीम विश्वकर्मा र कोषाध्यक्षमा कौशिला घर्तीमगरलाई चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *