पोखरा म्याराथनमा विजयी हुने नेपाली धावक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराइने

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा म्याराथनमा विजयी हुने नेपाली राष्ट्रिय धावकलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता गराइने भएको छ । नेपाल एथलेटिक्स् संघले पोखरा म्याराथनको आयोजक संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चलाई पत्राचार गर्दै उक्त कुरा जनाएको हो । नेपालकै जेठो म्याराथनको रुपमा स्थापित पोखरा म्याराथनलाई संघले मान्यता प्रदान गर्दै पत्रमा अन्तर्राष्ट्रिय मापदण्डको अनुसारको समयको आधारमा प्राथमिकताका साथ सहभागिताका लागि पहल गराइने उल्लेख गरिएको छ ।
नेपाल एथलेटिकस संघका महासचिव धनविर चौधरीले पोखरा म्याराथनको सफलताको शुभकामना व्यक्त गर्दै विजेता नेपाली धावकलाई १९ आंै सस्करणको एशियाली खेलकुदको वन्द प्रशिक्षणमा समेत छनौट गराइने भएकोले नेपाली धावकहरुले आफ्नो पदर्शनमा सुधारको अपेक्षा समेत गरेका छन् । उनले भने, ‘हामी पोखरा म्याराथन र नेपाल आर्मीको म्याराथनमा विजेता धावकहरुलाई अवसर प्रदान गर्दैछौं । यो अवसरले नेपाली खेलाडीले आफ्नो प्रदर्शनमा सुधारको अपेक्षा गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आफूलाई उभ्याउन सक्षम हुनेछन् ।’
मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले संघको पत्रका लागि आभार व्यक्त गर्दै पोखरा म्याराथनमा विजेता धावकले यो अवसर पाउनु गर्वको विषय रहेको बताए । उनले १६ वर्ष निरन्तर रुपमा हुँदै आएको पोखरा म्याराथनले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा नै चर्चाको विषय बन्दै गएको बताउँदै यसका लागि पोखरेली आम खेलप्रेमीहरुको सहयोग र साथ रहेको उल्लेख गरे । आगामी फागुन ७ गते पोखरामा हुने खुला म्याराथन र महिला तर्फको हाफ म्याराथनको तयारी तिव्र रुपमा अघि बढिरहेको जनाउँदै अध्यक्ष पराजुलीले चैत्र १२ गते १० किमी महिला तथा पुरुष दौड, ५ किमि छात्र–छात्रा दौड र अपाङ्गतर्फका दौडहरु आयोजना गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *