फागुन १ बाट विद्यालय खुलाउन सिफारिस

Share this post :

Facebook
Twitter
WhatsApp

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि विद्यालय संचालन गर्न सरकारलाई सिफारिस गरेको छ । भौतिक रुपमा पठनपाठन गराउन समितिले सरकालाई सिफारिस गरेको हो ।  
सीसीएमसीसीको आइतबारको बैठकले विद्यालय खोल्ने निर्णय गर्दै कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेको हो । कोभिड तेस्रो लहरका कारण माघको पहिलो सातादेखि विद्यालय बन्द छन् । काठमाडौंको गोकर्णेश्वरलगायत देशभरका स्थानीय तहले सरकारको निर्णय अवज्ञा गर्दै विद्यालय खोल्ने निर्णय गरेका थिए । पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको थियो । त्यसपछि सीसीएमसीसीकै सिफारिसमा माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको थियो । विद्यालय संचालन गर्नको लागि सरोकारवालाले पनि सरकारलाई आग्रह गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *