२४ घण्टामा थप १ हजार ५७० जनामा कोरोना संक्रमण‚

Share this post :

Facebook
Twitter
WhatsApp

पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ३६५ नमूनाको परीक्षण एन्टिजेन र पीसीआर विधिबाट गरिएको थियो ।
पीसीआर विधिबाट १ हजार २२ र एन्टिजेन विधिबाट ५४८ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा निको हुनेको संख्या भने ६ हजार १ सय ४६ रहेको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ४० हजार १ सय ११ रहेको छ । २४ घण्टामा १३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै १३७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *