शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवा सुविधा दिइने

Share this post :

Facebook
Twitter
WhatsApp

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवा सुविधाको व्यवस्था गर्ने बताएका छन् ।
यस विषयमा मन्त्रालयले निर्णय गरेको र , आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा आउने , मन्त्री पौडेलले बताएका छन । कर्मचारी र शिक्षकको कार्य विभाजन फरक भए पनि तह र सुविधा एउटै हुनुपर्ने पौडेलले बताएका छन ।
शिक्षकको वृद्धी विकासमा शिक्षा मन्त्रालय संवेदनशील रहेको र १८ वर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाका लागि विज्ञापन खुलाएर प्रक्रिया अगाडि बढाइएको उनले बताएका छन ।
शिक्षक सेवा आयोगको ११औँ संशोधन नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि शिक्षक दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायत कामले गति लिएको उनको भनाइ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *