नेपालमा एकैदिन कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विहीबारको जानकारी अनुसार यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको छ ।
यस्तै २४ घण्टामा गरिएको ११ हजार ८८० परीक्षणमा १ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार २३८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ भने, विहीबारसम्म सक्रीय संक्रमितको संख्या २९ हजार ४ रहेको छ । २४ घण्टामा २ लाख २० हजार ६०१ जनाले खोप लगाएका छन् ।
Post Views: 24