तुलसीपुर उपमहानगरपालिका-५ स्थित जुत्ता पसलमा अागलागी हुदाँ ५ जनाकाे मृत्यु भएकाे छ ।
इरम फूटवेयर जुत्ता पसलमा अागलागी हुदाँ घरभित्रै निशासीएर उनीहरूकाे मृत्यु भएकाे बताइएकाे छ । राति करिब पौने दुई बजेदेखि लागेको आगो बिहानसम्म पनि नियन्त्रणमा नआएपछि भित्र फसेकालाई उद्धार गर्न कठिन भएको थियो । उनीहरुलाई बिहान बेहोस् अवस्थामा फेला पारी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको र सबैको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
उनीहरुको विस्तृत विवरण थाहा हुन नसकेको उनले बताए ।तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयले आगो निभाउन रातभर प्रयास गरेका थिए । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अर्यालले बताए ।
Post Views: 26