गण्डकीमा बढ्दै पुरुषको संख्या

Share this post :

Facebook
Twitter
WhatsApp

२०६८ को जनगणना अनुसार गण्डकी प्रदेशको जनसंख्या २४ लाख ३ हजार ७ सय ५७ थियो । २०७८ को प्रारम्भिक जनगणनाले २४ लाख ७९ हजार ७ सय ४५ अर्थात् ९०.८५ प्रतिशत देखाएको छ । पहिलाको तुलनामा ०.०३ प्रतिशतले बृद्धि भएको हो । नेपालको कुल जनसंख्यामा पनि ०.०९३ प्रतिशतले बृद्धि भएको तथ्यांक विभागले जनाएको छ ।
२०७८ को जनगणनाले गण्डकी प्रदेशमा पुरुषको संख्या बृद्धि भएको देखाएको छ । गण्डकी प्रदेशको नीति तथा योजना आयोगका तथ्यांक अधिकृत रामप्रसाद वाग्लेले महिला सयप्रतिशत हुदाँ पुरुषको जनसंख्या ९०.८५ प्रतिशत रहेको बताए । उनका अनुसार २०६८ मा पुरुषको जनसंख्यष ८३.०८ प्रतिशत थियो । ‘लैंगिक अनुपात यसपटक बृद्धि भएको छ’ उनले भने, ‘महिला पुरुषको जनसंख्या बराबरी भए स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो जनसंख्या मानिन्छ ।’
महिलाको जनसंख्या शतप्रतिशत हुदा“ गोरखामा पुरुषको जनसंख्या ९०.५० प्रतिशत रहेको छ । यस्तै, मनाङमा १२९.७५ प्रतिशत, मुस्ताङमा १२७.२८ प्रतिशत, म्याग्दीमा ९५.८७ प्रतिशत, कास्कीमा ९५.४४ प्रतिशत, लमजुङमा ९१.२० प्रतिशत, तनहुँमा ८७.५३ प्रतिशत, नवलपुरमा ८७.५३ प्रतिशत, स्याङ्जामा ८६.२६ प्रतिशत, पर्वतमा ९०.७३ प्रतिशत र बाग्लुङमा ८७.८७ प्रतिशत रहेको छ । योजना आयोगका अनुसार मनाङ र मुस्ताङमा कामदार बढी हुदाँ पुरुषको जनसंख्या बढी देखिएको हो । वाग्लेले पुरुषको जनसंख्या कम देखिने जिल्लामा पुरुष बढी वैदेशिक रोजगारी या कामको शिलशिलामा अन्य जिल्ला जाने र लाहुने हुने भएकाले कम देखिएको बताए ।
यस्तै, देशमा पहिलो रामेछाप, दोस्रोमा खोटाङपछि बार्षिक बृद्धिदर घट्ने गण्डकीको मनाङ जिल्ला रहेको छ । २०७८ को जनगणनाले मनाङको जनसंख्या जम्मा ५ हजार ६ सय ४५ रहेको जनाएको छ । २०६८ को जनगणना अनुसार मनाङको जनसंख्या ६ हजार ५ सय ६८ रहेको थियो । आयोगका अनुसार –१.४१ प्रतिशत बार्षिक बृद्धिदरले घटेको छ । गणना गरिएको जनसंख्यामा नेपाल आर्मी, नेपाल प्रहरी, कर्मचारी, शिक्षक रहेका छन् भने स्थानीय मान्छे बाहिर बसोबास गर्दै आएको आयोगले जनाएको छ । गण्डकीका ११ मध्ये ७ जिल्लामा जनसंख्या घटेको पाइन्छ । तथ्यांक अनुसार स्याङ्जामा २०६८ को जनगणनामा २ लाख ८९ हजार १४८ जनसंख्या रहेको थियो भने, २०७८ मा २ लाख ५४ हजार ९६५ रहेको छ । अर्थात् –१.२१ प्रतिशतले जनसंख्या घटेको छ ।
यस्तै, पवर्तमा १ लाख ४६ हजार ५ सय ९० थियो भने, अहिले १ लाख ३९ हजार ७०३ अर्थात –०.९६ प्रतिशत कम, लमजुङमा १ लाख ६७ हजार ७ सय २४ बाट १ लाख ५३ हजार ४ सय ८० अर्थात –०.८५ प्रतिशत, गोरखामा २ लाख ७१ हजार ६१ हाल २ लाख ५२ हजार २०१ अर्थात् –०.६९ प्रतिशतले कम, बाग्लुङमा २ लाख ६८ हजार ६१३ बाट हाल २ लाख ५० हजार ५५४ अर्थात –०.६७ ले कम र म्याग्दीमा १ लाख १३ हजार ६४१ बट १ लाख ७ हजार ३७२ अर्थात –०.५४ प्रतिशतले कमी रहेको छ । यस्तै, नवलपुरमा ३ लाख ११ हजार ६०४ बाट ३ लाख ८१ ह्जार १०५ पुगेको छ । अर्थात्, १.९३ प्रतिशतले बार्षिक बृद्धिदर बढेको हो । यसैगरी, कास्कीमा ४ लाख ९२ हजार ९८ बाट ५ लाख ९९ हजार ५०४ अर्थात् १.८९ ले बृद्धि भएको छ भने, मुस्ताङमा १३ हजार ४५२ बाट १४ हजार ५९६ अर्थात् ०.७८ ले बृद्धि र तनहुँमा ३ लाख २३ हजार २८८ वाट ३ लाख २७ हजार ६२० अर्थात् ०.१३ प्रतिशतले बृद्धि भएको छ ।
यस्तै, जनगणनाले गण्डकी प्रदेशको जनघनत्व बढेको देखाएको छ । २०६८ को गण्ना अनुसार १ सय १२ प्रतिवर्ग किलोमिटर रहेको थियो भने, २०७८ को गण्नाले १ सय १६ प्रतिवर्ग किलोमिटर रहेको जनाएको छ । प्रतिवर्ग किलोमिटरमा बस्ने ४ जनाको दरले बृद्धि भएको बाग्ले बताउ“छन् । तथ्यांकले मनाङमा देशकै कम जनघनत्व रहेको बताएको छ । प्रतिवर्ग किलोमिटरमा ३ जना मात्र जनसंख्या बस्छन् । यस्तै, मुस्ताङ देशमै दोस्रो हो । प्रतिवर्ग किलोमिटरमा ४ जना मात्र बसोबास गर्छन् । यसैगरी, अनुपस्थित जनसंख्या अर्थात देश बाहिर रहनेको संख्या पनि बृद्धि भएको छ । तथ्यांक अनुसार गोरखाको १.०६ प्रतिशत जनसंख्या बाहिर छ । यस्तै क्रमशः मनाङको ०.०२ प्रतिशत, मुस्ताङको ०.०६ प्रतिशत, म्याग्दीको ०.४९ प्रतिशत, कास्कीको ३.०१ प्रतिशत, लमजुङको ०.७६ प्रतिशत, तनहु“को १.६६ प्रतिशत, नवलपुरको २.०६ प्रतिशत, स्याङ्जाको १.६६ प्रतिशत, पर्वतको ०.७८ प्रतिशत र बाग्लुङको १.५८ प्रतिशत जनसंख्या मुलुकबाहिर छ । २०७८ को गणनाले गण्डकी प्रदेश अन्तर्गत शहरी जनसंख्या १६ लाख २९ हजार ४ सय ४५ अर्थात ६५.७१ प्रतिशत र ग्रामीण जनसंख्या ८ लाख ५० हजार २ सय ९० अर्थात् ३४.२९ प्रतिशत रहेको छ । पोखरा महानगरमा काठमाडौपछि मुलुकै ठूलो जनसंख्या छ ।
यस्तैगरी, तथ्यांकले परिवारको आकार पनि घटेको देखाएको छ । आयोगका सूचना अधिकारीसमेत रहेका वाग्लेले भने, ‘पहिला संयुक्त परिवार हुन्थ्यो अहिले एकल परिवार । प्रतिपरिवार ४ जना मात्र बस्छन् अहिले । पहिलो १०÷१२ जनाको परिवारसंगै हुन्थ्यो ।’ उनका अनुसार तथ्यांकले एकल परिवारतर्फ जादै गरेको देखाउँछ । उनले यो आकार अझै घट्दै जाने बताए । पहिला ४.१६ प्रतिशत पारिवारीक जनसंख्या थियो भने यसपटक ३.६६ प्रतिशत रहेको छ । गणनापश्चात गरिने सर्वेक्षणले पुन गणना गर्ने उनको भनाई छ । पहिला र हालको भिन्नता कति छ ? गल्तीदर कति छ ? भन्ने गलत तथ्यांक नकालेपछि ठाउँ ठाउँमा गणक जाने उनले बताए । ‘कोरोनाका कारण स्थायी बसोबास र अस्थायी बसोबास दुवैतिर छोड्ने र जोडिने (मान्छे चलायमान) भयो’ उनले थपे, ‘बजार क्षेत्र छिचलेर गण्ना गर्न समस्या भयो । विदेश जाने र आउनेले पनि समस्या पार्यो ।’ उनले अक्सर बसोबासको अवधारण (पछिल्लो १२ महिनाको बसोबास) पूर्ण रुपमा फ्रलो गर्न नसकेको बताएका छन् । आयोगले गण्डकी प्रदेशको जनसंख्याबारे बुधबार छलफल राखेको थियो ।
छलफलमा योजनामा कस्तो असर पर्छ ? भन्नेबारे चर्चा गरिएको थियो । अहिलेको उर्जाशिल उमेर रहेको बताउदै अवको १० वर्षपछि काम गर्ने मान्छे नेपालमा नहुने छलफलमा सहभागीले बताएका थिए । पीएन क्याम्पसको जनसंख्या विभागका उपप्रध्यानाध्यापक विजय अर्यालले अहिले आश्रित भन्दा उत्पादनशील जनसंख्या रहेको बताए । यसलाई सदुपयोग गर्न नसके जापानको जस्तै अवस्था हुने (काम गर्ने मान्छे नहुने, बालबालिका भन्दा बृद्धबृद्धा मात्र) सहभागीले बताएका थिए । जनसंख्या बृद्धि गर्नुपर्नेमा सहभागीको जोड थियो । प्रदे नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले जनसंख्या घटे निर्वाचन क्षेत्र घट्ने बताए । उनले जनसंख्याकै आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिने बताउदै प्रदेशमा आउने प्राकृतिक स्रोत तथा वित्त आयोगको अनुदान वितरणमा पनि असर पुग्ने बताएका थिए ।
राजस्व बाँडफाँटमा पनि समस्या हुने, जनसंख्या घटेको आधारमा प्रतिनिधित्व संख्या घट्ने र गण्डकी सरकारले प्राप्त गर्ने विभिन्न शिर्षकका स्रोत, साधनमा कटौती हुने जोखिम बढेको उनले बताए । बसाइँसराइँ, बच्चा कम पाउने, वैदेशीक रोजगार, भुण हत्या जनसंख्या घट्नुको प्रमुख कारण रहेको सहभागीको भनाई थियो । जनसंख्या घटे बजेट पनि घट्ने बताउदै यसतर्फ सरकारको ध्यान पुग्नुपर्ने डा चन्द्रा भद्राले बताउँछिन् । पवर्तको मोदी गाउँपालिका–३ लाङदीका जीवन गुरुङले जनसंख्या बढाउनुतर्फ जोड गर्नुपर्ने बताए । गाउ“घरमा शिक्षाको पहुँच पुयाउने र गरिवी निवारणका कार्यक्रम लैजान सरकारले पहल गर्नुपर्ने उनले बताए । ‘गाउँका बासिन्दालाई आर्य–आर्जन बढाउनतर्फ सरकारले जोड दिनुपर्छ’ उनले भने । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले जनगणनाको यो प्रारम्भिक तथ्यांक भए पनि धेरै हेरफेर नहुने बताए । ‘समस्या र समाधानका उपाय आएका छन्’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *