जागिर लगाइदिने भन्दै ठगी गर्ने दिनेश प्रहरीको नियन्त्रणमा

Share this post :

Facebook
Twitter
WhatsApp

आफू यूएनको इन्जिनियर रहेको र त्यहा“ जागिर लगाइदिने आश्वासन दिदै विभिन्न व्यक्तिसंग ठगी गर्दै आएका दिनेश सिंह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा कास्की प्रहरीको टोलीले वुटवल उपमहानगरपालिका–९ मिलनचोकबाट सोमबार पक्राउ गरेको हो । डोटीको सायल गाउ“पालिका–२ का २६ वर्षिय सिंह आफू लामोसमयदेखी यूएनमा जागिरे रहेको बताउदै आएका थिए ।
सिंहले ठगी गर्ने क्रममा नै प्रहरीले पक्राउ गरेको जनाएको छ । कास्कीमा मात्रै उनले ६ जनाको २० लाख रुपैया“ ठगेको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले बताए । उनले ट्याक्सी चालकलाई जागिर लगाइदिने र जागिर लगाउनुपूर्व केही शुल्क लाग्ने बताउदै ठगी गरेका थिए । मासिक डेढ लाख तलव हुने बताउदै सिंहले विभिन्न ट्याक्सी चालकलाई ठगेको बताउदै एसपी थापाले भने, ‘पीडित सवै आइसकेका छैनन् । सवैको उजुरी परेपछि कति जना ठगीए र कति रकम ठगी भएछ भन्ने एकिन हुन्छ ।’ उनलाई मंगलबार जिल्ला अदालत कास्कीमा ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धित मुद्दा दर्ता गरि ७ दिनको म्याद थप गरिएको छ ।
उनले मनोज मल्ल, निर्माण मल्ल, दिवेश सिंह, संगम सिंहका उपनाम दिदै ठगी गर्दै आएको प्रहरीले जनाएको छ । रजिस्ट्रेसन गर्ने प्रयोजनको लागि पेश गर्ने कागजातमा बिनोद बिक, कृण्णप्रसाद जोशी, रिमाल रावत रहेको प्रहरीले जनाएको छ । उनले कतिपयलाई राष्ट्र वैंकको कर्मचारीसमेत भनेर परिचय दिन्थे । एसपी थापाले मकवानपुर, चिवतन, भैरहवा, वाजुरा र काठमाडौ लगायतका विभिन्न स्थानमा फरकफरक परिचय दिदै १६ जना भन्दा बढीलाई ठगी गरेको खुल्न आएको बताए । प्रहरीका अनुसार हालसम्म साइबरको माध्यबाट ठगी गरेका कास्कीमा ७४ वटा निवेदन परेका छन् । जसमा ८ वटा अनुसन्धान भएको छ भने ६५ वटा अनुसन्धानको प्रकृयामा रहेको र एउटा मुद्दामा कारबाही भएको छ ।
यस्तो थियो पोखरामा ठगीको प्रकृया
पोखरा महानगर–२३ चापकोट घर भई हाल ७ नम्बर वाडमा बस्दै आएका २५ वर्षिय विनोद विकलाई गत पुष १६ मा पृथ्वीचोक भेट गरी आफू मनोज मल्ल, घर लेखनाथ भएको र यूएनको इन्जिनियर भएको बताए । सोही दिन उनले ट्याक्सी चालकसमेत रहेका विकलाई होटल खोज्न लगाए । चिनजानको हिसावले होटलमा रजिष्ट्रेसन बुकमा इन्ट्री समेत नगराई राखे । पुष १९ मा पोखरा बाहिर जानुपर्ने भनी फोन गरे । बुवा र अंकल जागिरे रहेको पोखराको लागि भ्याकेन्सी रहेको आश्वासन विनोदलाई दिए । ४८ हजार ९ सय २८ तलव रहने बताउदै उनले नेपाल इन्भेष्टमेन्ट बैंक सिदार्थचोकमा खाता खोल्न लगाए । नागरिकता, लाइसेन्स, पासपोर्ट र एसएलसीको सर्टिपिकेट पेश गरे । २० लाखको स्टेटमेन्ट पु¥याउनुपर्ने देखियो । १९ लाख ७५ हजार डिजोजिट गर्नुपर्ने भएकाले विनोदले ३० हजार सापर्टी मागी उनलाई दिए । विनोदले आफ्नै नाममा सिम निकालेर उनलाई प्रयोग गर्न दिए । बुटवल र चितवनको लागि पनि भ्याकेन्सी खुला रहेको उनले बताए । पुष २१ मा बाटोमा फर्किने पैसा डिपोजिट गर्न लगाए । उनले ४ लाख रुपैया“ डिपोजिट गरे । ४ लाख खाताबाट निकाले । गत पुष २२ मा बुटवल पुगे । उनी एक उदाहरण हुन् ।
उनका अपराधिक कार्यविधि
यूएनको कर्मचारी भनी बताउने, सोही अनुसार रहनसहन देखाउने, ठगीको लागि छनौट गर्दा ट्याक्सी चालक तथा नीजि कार चालकलाई गर्ने, ठगिने व्यक्तिलाई नै होटल खोज्न लगाउने, ठगिने व्यक्तिलाई नै सिम कार्ड निकाल्न लगाउने, पीडितलाई विश्वास दिलाउन बिभिन्न व्यक्तिलाई फोन गरेको जस्तो बहाना गरी यूएन गतिविधि तथा मिटिङको बारेमा फोनमा एक्लै कुरा गर्ने, पीडितको बैंक खाता खोल्न लगायतका कार्यमा सहयोग गर्ने, पीडितलाई कपडा, जुत्ता किनिदिने, बस्ने, खाने व्यवस्था मिलाइदिने, आर्थिक कारोबार सकिए पश्चात मोबाईल र सिम कार्ड डिस्पोज गरिदिने, यात्रा गर्दा पिडितको नागरिकताको दुरूपयोग गरी उनिहरुको नाममा रजिष्ट्रेशन गर्ने जस्ता गतिविधी रहेका थिए । महानगरी प्रहरी परिसर महाराजगञ्जमा २०७६ मा उनीविरुद्ध दुईवटा उजुरी परे । मकवानपुरमा २, चितवनमा १, ललितपुरमा १, काठमाडौमा १, बाजुरामा १ र धनगडीमा एउटा उजुरी परेको बताउदै प्रहरीले अन्य स्थानमा पनि संलग्नता रहेको खुल्न आएको बताएको छ ।
के छ कानुनी प्रावधान ?
ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूर दफा २४९ उपदफा (२) मा जोकोहीले पनि कसैलाई कुनै कुराको विश्वास दिलाई सो बमोजिम नगरी वा फकाई, झुक्याई, अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी, त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेईमानीपूर्वक कुनै किसिमको हानी, नोक्सानी, क्षति पु¥याएमा वा आफ्नो वा अरू कसैको लागि कुनै लाभ प्राप्त गरेमा निजले ठगी गरेको मानिन्छ । उपदफा (३) मा सजाय आफ्नो नाम, दर्जा, पदवी, योग्यता ढा“टी ठगी गरेमा ५ वर्षसम्म कैद र पचास हजार रूपैया“सम्म जरिबाना वा दुबै सजाय व्यवस्था छ । विगो बराबरको क्षतिपूर्ति र कसुर भएको कुरा थाहा पाएको मितिले एकवर्षसम्म हदम्याद रहने कानुनी व्यवस्था छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *