ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र बेलायती राजदूत निकोला पोलिटबीच आज भेटवार्ता भएको छ । मन्त्रालयमै मन्त्री भुसाल र राजदूत निकोलाबीच भेटवार्ता भएको सचिवालयले जनाएको छ ।
भेटमा दुई देशबीचको सम्बन्ध र कोभिड(१९ महामारीबीच नेपाल–बेलायत सम्बन्धका विषयमा कुराकानी भएको मन्त्री भुषालले जनाएकी छन् । मन्त्री भुसालले राजदूत निकोलासँग शिष्टाचार भेट भएको जानकारी दिइन् ।
भेटका क्रममा ऊर्जा क्षेत्रमा सन्तुलन कायम राख्नका लागि आफूले जलाशययुक्त आयोजना प्रवर्द्धनलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री भुसालले बुढीगण्डी, दूधकोशी, नलगाढजस्ता आयोजनालाई आफूले प्राथमिकतामा राखेको बताइन् ।
Post Views: 21