भारतको राजधानी दिल्लीमा एमसीसीको बिरोध
प्रदर्शन भएको छ । अखिल भारत नेपाली एकता मंचले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै बिरोध प्रदर्शन गरेकाे हो ।
बिरोध उक्त समूहमा अखिल भारत नेपाली एकता मंच केन्द्रीय उप महासचिब आरबी खड्काको नेतृत्वमा एकता मंच केन्द्रीय नेता मानु क्षेष्ठ, जीवन शर्मा, नारायण बिक, हुमाकान्त कुँवर, अर्जुन दयाल, कमला थापा, कमला थापा, बेलबहादुर पुन, कमला पाण्डे, राज्य नेता सङ्कर शर्मा, अटल परियार र रिता लिम्बु लगायतका नेता सहभागी थिए ।

युवा नेता आरबी खड्काले कार्य्रकममा बोल्दै भने अमेरिकाको दवाबले अहिले सिंगो नेपाल विभाजित भयो ।
विपन्न मुलुकहरुलाई आर्थिक सहयोग गर्नुका पछाडि महाशक्ति मुलुकहरुका आआफ्ना स्वार्थ हुन्छन् । एमसीसीबारे पनि यही कुरा लागु हुन्छ । अमेरिका वा चीनबाट होस् वा भारतबाट जुनसुकै मुलुकबाट प्राप्त हुने सहयोगका आआफ्ना स्वार्थ र उद्देश्य हुन्छन् । ठूला महाशक्ति मुलुकहरुले आफ्नो प्रभाव क्षेत्र विस्तार गर्न विभिन्न मुलुकलाई आर्थिक सहयोग गर्दछन् । जनताको विरोध सही भएको पुष्टि भएको छ, एमसीसीको हकमा पनि उठिरहेका विरोधी आवाजहरु जायज छन् भन्नका लागि अनेकौं आधार छन् ।
बिरोध प्रदर्शनमा सयौं सँख्यामा उपस्थिति थियो ! बिरोधमा प्रदर्शनकारीले देश बेच्न पाईंदैन एमसीसी चाहिँदैन, भूमि बेच्न पाईंदैन, नो एमसीसी लगायत नाराबाजी गरेका छन् ।