राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट बाहिरियो

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रिय जनमोर्चा पाँचदलीय सत्तारुढ गठबन्धनबाट बाहिरीएको छ । संघिय संसदबाट आइतबार एमसीसी सम्झौता अनुमोदन भएकोमा असन्तुष्टि जनाउँदै गठबन्धनबाट बाहिरिएको हो ।
राजमो पार्टीको केन्द्रीय सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । संसद्बाट षड्यन्त्रमूलत तरिकाले एमसीसी पास गरी देशको सार्वभौमिकता र अखण्डतामाथि आँच पुर्‍याउने कार्य गरेको अध्यक्ष केसीले बताए ।
केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध पाँचदलीय गठबन्धनको निर्माण र निरन्तरतामा राजमोले जोड दिए पनि गठबन्धनका ४ पार्टीले एमसीसी पास गर्दै साम्राज्यवादीको दलाली र पृष्ठपोषण गरेकाले गठबन्धनको औचित्य समाप्त भएको पनि केसीले बताए ।
एमसीसी अनुमोदन गर्दा मतविभाजन नगरी ध्वनि मतको सहारा लिएकोमा पनि राजमोले आपत्ति जनाएको छ । विज्ञप्तिमा एमसीसी जस्तो राष्ट्रघातीसम्झौता, जसले राष्ट्रलाई दीर्घकालीन रूपले गम्भीर क्षति पुर्‍याउने छ, जसको विरुद्ध सम्पूर्ण नेपाली जनता सडकमा उत्रेको अवस्थामा जलझेल गरेर ध्वनिमतको आधारमा त्यसलाई पारित गरियो । यदि अल्पमत बहुमतको विधिअनुसार मत विभाजन गरेको भए एमसीसीलाई विद्यमान अवस्थामा अनुमोदन गर्न सरकारका लागि मुस्किल पर्ने भएको हुनाले नै ध्वनिमतको सहारा लिएर अनुमोदन गर्ने काम भएको उल्लेख गरीएको छ ।
एमसीसी सम्झौतासँगै व्याख्यात्मक घोषणा पारित भए पनि त्यसलाई राजमोले औचित्यहीन बताएको छ । माओवादी र एकीकृत समाजवादीले व्याख्यात्मक प्रस्तावमा कथित सहमति जनाउने कुरा आफ्ना कार्यकर्ताहरूको एमसीसीविरुद्धको आक्रोशलाई मत्थर पार्न गरेको नौटङ्की मात्र भएको पनि राजमोको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *