पछिल्लो २४ घण्टामा देशभर १८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ३४१ जनामा नमुना परीक्षण भएकामा १८० जनामा संक्रमण पुष्टि भएको र सोही अवधिमा ४०० जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९३६ पुगेको छ । हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७६ हजार ९८४ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९ हजार ३८७ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ५६ हजार ४१३ जना निको भएका छन् ।
Post Views: 21