कर्तव्य ज्यान मुद्दाको आरोपमा कास्की प्रहरीले शुक्रबार तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगर–२० लामडा“डाका २९ वर्षिय प्रकाश गुरुङ, ३० वर्षिय प्रिमस भन्ने डिलबहादुर गुरुङ र पोखरा–१३ लामाखेतका २५ वर्षिय निशान गुरुङ रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट घटनामा प्रयोग भएको एउटा चक्कु समेत बरामद गरेको जनाएको छ । शुक्रबार जिल्ला अदालत कास्कीमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरि ७ दिनको म्याद थप भएको छ । प्रहरीका अनुसार विहीवार विहान पोखरा–२० मौजास्थित महा–विवरात्रीको अवसरमा स्थानीय क्लवद्धारा आयोजिक सा“स्कृतिक कार्यक्रममा विवाद हुदा“ लामडा“डाका ३७ वर्षिय चोकेन्द्र गुरुङलाई चक्कु प्रहार गरी घाइते बनाएका थिए । पीडितका आफन्तको जाहेरीको आधारमा प्रहरीले पक्राउ गरि मुद्दा दर्ता गरेको जनाएको छ । चोकेन्द्रलाई उपचारको लागि अस्पताल ल्याउने क्रममा नै मृत्यु भएको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । यस्तै, पोखरा महानगरपालिका–६ लेकसाईडस्थित कोठा भाडामा लिने । फोन सम्पर्कको आधारमा विभिन्न होटलमा महिलालाई जवरजस्ती बेश्याबृत्ति कार्यमा संलग्न गराउने तीन जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।
सुचनाको आधारमा प्रहरीले आइतबार पोखरा महानगर–७ मुस्ताङचोक स्थायी घर भई पोखरा–१७ रातोपहिरा बस्ने ३० वर्षिय नारायण पोखरे, सिन्धुपाल्चोक चौतारा–६ ठूलीधारा स्थायी घर भई हाल पोखरा–६ जरेबर बस्ने २२ वर्षिया पुजा थापा मगर र बा“के चिसापानी–९ घर भई पोखरा–६ जरेबर बस्ने २२ वर्षिय विशाल योगीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तीन जनालाई नै प्रहरीले शुक्रबार मानव बेचविखन तथा ओसारपसार शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरिएको कास्की प्रहरीले जनाएको छ ।
