राप्रपाका नेता गणेश शेरचनको निधन

Share this post :

Facebook
Twitter
WhatsApp

राप्रपाका नेता एवं पूर्व मन्त्री गणेश शेरचनको निधन भएको छ । शेरचनको ७८ वर्षको उमेरमा आइतबार बिहान काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि मधुमेह र मिर्गौलाको समस्याबाट पीडित थिए । शेरचन राप्रपाको संस्थापक एवम् पूर्व महामन्त्री हुन् । पोखरा नगर पञ्चायतमा शेरचन २०३७ पछि प्रधानपञ्च भएका थिए । त्यसपछि उनी कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए । पोखरा अर्चलबोट निवासी शेरचन पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएर काम गरेका थिए । शेरचन सञ्चार सहायक मन्त्री पनि भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *