ललितपुरमा एकै घरका पाँच जनाको मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

ललितपुरमा आज एकै घरमा पाँच जनाको मृत्यु भएको छ । घरमा चार जना मृत फेला परेका छन् भने, अचेत अवस्थमा फेला परेका दुई जनामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोन्ज्योसोम गाउँपालिका–४ नल्लुकी काइली स्याङतानको घरका केही व्यक्ति मृत र घाइते अवस्थामा फेला परेको परेका हुन् । स्थानीयको खवर प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको हो । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार मृत फेला पर्नेमा घरमूली ५५ वर्षीया काइली स्याङताङ, २२ वर्षीया बुहारी शुष्मा स्याङताङ, ९ वर्षीय नाति आशिष स्याङताङ र ५ वर्षीया नातिनी आश्मा स्याङताङ रहेका छन् ।
त्यस्तै, अचेत अवस्थमा फेल पर्नेमा २३ वर्षीय छोरा शुभाष स्याङताङ र दुई दिने नाति थिए । उपचारका क्रममा दुई दिने नातिको पाटन अस्पतालमा मृत्यु भएको र शुभाषको उपचार हुँदै गरेको प्रहरीले बताएको छ । घटनास्थलमा कोइला बालेको देखिएको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *