अन्तराष्ट्रिय महिला दिवसको अवसरमा कास्कीको रुपा गाउँपालिकाले गाविसस्तरीय अन्तर आमा समुह हाजिरजवाफ प्रतियोगिताको सम्पन्न भएको छ ।
महिलाको क्षमता अभिवृद्धिका लागि हाजिरजवाफ लक्ष्यका साथ आयोजित प्रतियोगितामा दिगो आमा समुह प्रथम, भिरकोट आमा समुह द्धितीय, भित्रीगाउँ हातेमालो आमा समुह तृतीय र नवदुर्गा आमा समुहले सान्त्वना भएका थिए ।
कूल २१ वटा टीमको सहभागिता रहेको प्रतियोगिताका विजयी टीमले क्रमश १० हजार, आठ हजार, छ हजार र चार हजार नगद पुरस्कार प्राप्त गरेका थिए भने सहभागि प्रत्येक टीमलाई दुई हजार रुपैयाका दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।
गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले प्रतियोगताका विजयी टिमलाई नगद पुरस्कार वितरण गर्दै महिलाहरुले प्राप्त हक अधिकारको उपयोगमार्फत निर्णायक तहमा पुग्नुपर्ने बताइन । संवैधानिक अधिकार मागेर होईन खोसेर लिनुपर्ने उल्लेख गर्दै उनले त्यसका लागि सम्पूर्ण महिला शक्ति एकतावद्ध भएर समृद्धिको अभियानमा जोडिनुपर्ने आवश्यकता औल्याएकी थिइन ।
