तनहुँमा बस र सुमो ठोक्किँदा ३ जनाको ज्यान गयो  

Share this post :

Facebook
Twitter
WhatsApp

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा बस र सुमो ठोक्किँदा ३ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १ महिला र २ पुरुष रहेको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो मुग्लिनबाट आबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटासुमो एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनायो ।
टाटासुमो सडकदेखि करिब ५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएकालाई उद्धार गरी उपचारका लागि चितवनस्थित पुरानो मेडिकल लैजाँदा ३ जनालाई चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु भएकाको वतन भने अझै खुलेको छैन । घाइते भएका १० जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *