सैनिक अस्पतालद्धारा पोखरा बृद्धाश्रममा स्वास्थ्य शिविर

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा बृद्धाश्रमको २५ औं स्थापना दिवसका अवसरमा सैनिक अस्पताल फुलवारी पोखराको प्राविधिक सहयोगमा पोखरा वृद्धाश्रममा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो । शिविरमा सैनिक अस्पतालका डा अमृत घिमिरे, डा स्वेता राज्यलक्ष्मी राणा, डा शिशिर श्रेष्ठ, डा अभिशेख थापा, व्यवस्थापक सेनानी विज्ञानराज पोखरेल सहितको १३ सदस्यीय टोलीले स्वास्थ्य परिक्षण गरेका हुन् । शिविरमा पोखरा बृद्धाश्रम र आसपासका ५३ जना जेष्ठय नागरिकको स्वास्थ्य परिक्षण गर्नुका साथै दुई लाख मुल्य बरावरको औषधि तथा पौष्टिक आहार वितरण गरिएको थियो । आश्रममा आयोजित शिविरको नेपाली सेना फुलवारी पोखराका प्राविधिक सहायक रथी डा भुवनराज कुँवरले शुभारम्भ गर्दै सेना नागरिक समाजसंग सहकार्य गर्दै सामाजिक सेवामा समर्पित हुँदै आएको बताए । विजयपुर कमाण्ड सेनापति बाबुराम श्रेष्ठको निर्देशनमा बृद्धाश्रममा स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरिएको जानकारी दिदैं उनले राज्य र नागरिकलाई पर्ने जस्तो सुकै अप्ठेरोमा पनि नेपाली सेनाले सहयोग गर्दै आएको जानकारी दिए । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका पुष्पराज पौडेलले समाजका जेष्ठनागरिक, महिला तथा बालबालिकाको क्षेत्रमा मन्त्रालयले सहयोग गरेर सामाजिक उत्तरदायित्व पूरा गर्दै आएको जानकारी दिए । पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले सैनिक अस्पतालबाट आगामी दिनमा पनि स्थास्थ्य शिविर सञ्चालन गर्न आग्रह गर्दै आश्रममा आश्रित जेष्ठनागरिकहरुलाई भोजन भन्दा पनि औषधि उपचारमा बढी खर्च हुने गरेको बताए । बृद्धाश्रममा हाल समाजका विपन्न, असहाय एवम् अपहेलित ५५ जना जेष्ठनागरिक आवद्ध रहेको कोषाध्यक्ष धर्म गुरुङले जानकारी बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *