ट्रककाे ठक्करबाट एक जनाकाे मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

ट्रकको ठक्करबाट पाेखराकाे सभागृह स्कुटरमा सवार एक युवतीको बुधबार मृत्यु भएकाे छ । अर्की एकजना घाइते भएकी छन ।
ना ६ ख ४७२५ नं. को ट्रकले ग १४ प ६५९८ नं. को स्कुटरलाई ठक्कर दिदाँ स्कुटरमा सवार पोखरा- १५ नयाँ गाउँ बस्ने 18 वर्षिया अन्जना पाइजाको मृत्यु भयको प्रहरीले जनाएको छ । कास्की प्रहरीका प्रबक्ता डीएसपी सुन्दर तिवारीका अनुसार दुर्घटनामा गम्भीर घाइते पाइजाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
स्कुटरकाे पछाडी बस्ने १८ वर्षकि मीना गुरुङ घाइते भएकी छन । उनको उपचार भैरहेको छ ।
ट्रक र ट्रक चालक बैदाम प्रहरीको नियन्त्रणमा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *