पोखरा १० र २८ मा अटेरी उम्मेदवार

Share this post :

Facebook
Twitter
WhatsApp

आउँदो स्थानीय तह निर्वाचनका लागि पोखरा १० र २८ बाट अटेरी उम्मेदवारी घोषणा भएको छ । पोखराबाट सुरु भएर देशव्यापी बनेको अटेरी अभियानमा देशभर डेढ सय बढी अटेरी उम्मेदवारी घोषणा भई सकेको छ ।
पोखरा १० र २८ बाट वडाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा भएको हो । पोखरा १० को वडाध्यक्षमा सोहल खान र २८ बाट प्रदीप अधिकारीको अटेरी उम्मेदवारी घोषणा गरेका छन् ।
स्थानीय तह दलरहित बनाउने उद्देश्यसहित पोखराका गनेस पौडेलले पोखरा महामनगरको मेयर पदमा उम्मेदवारी दिएका थिए । उनले अभियानको सुरआत गरेसँगै हाल यो अभियान देशव्यापी बनेको छ ।
अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीले पोखराबाट अटेरी उम्मेदवारी सार्वजनिक गर्ने उम्मेदवारले २६ गते पत्रकार सम्मेलन गरेर अभियानबारे जानकारी दिने बताए । अहिले अटेरी अभियानले चुनाव लक्षित छलफललाई ब्यापक बनाउँदै आएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *