१७ जिल्ला सङ्क्रमणमुक्त, थप ५१ जना निको

Share this post :

Facebook
Twitter
WhatsApp

पछिल्लो २४ घण्टामा देशभर थप २४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ५८७ जनामा कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २१ तथा एन्टिजेन विधिबाट ३ जनामा सङ्क्रमण पुष्टि भएको छ। थप ५१ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९८।७ प्रतिशत रहेको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ८१२ जना पुगेको छ । यता, थप १७ हजार ७५५ जनाले कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *